खबर

‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा हुने

२८ श्रावण २०७७, बुधबार
काठमाडौँ ।‘स्विफ्ट टटल’ नामक पुच्छ्रेताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । उल्का वर्षाको स्रोत ययाति ९पर्सियस० तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको पनि उहाँले सुनाउनुभयो ।

‘स्विफ्ट टटल’ ले सूर्यको एकपटक परिक्रमा गर्न १३३ वर्ष लगाउँछ । ‘स्विफ्ट टटल’ अहिले पृथ्वीको नजीक छैन । तर, यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्छ । “जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेतारा उक्त कक्षको नजीक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसैलाई उल्का वर्षा भनिन्छ, उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ”, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको नेपाल प्रतिनिधिसमेत रहनुभएका अध्यक्ष भट्टराईले भन्नुभयो ।

उल्का वर्षा स्थानीय समयअनुसार आज राति १०ः३० देखि बिहीबार बिहान ५ बजेसम्म देख्न सकिने जनाइएको छ । अत्यधिक मात्रामा भने बिहीबार बिहान ३ देखि ४ बजेसम्म देख्न सकिनेछ । यस वर्ष त्यसबेला प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाको गति प्रतिसेकेन्ड ६० किमीसम्म हुने भएकाले करीब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

यस वर्ष जुलाई १७ देखि अगस्ट २६ तारिखसम्म सक्रिय उल्का वर्षा हुनेछ । अत्यधिक उल्का वर्षा हुने अगस्ट १२ रातिदेखि अगस्ट १३ बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन् । यसका लागि आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहनुपर्छ ।

के हो स्विफ्ट टटल ?

स्विफ्ट टटल सन् १८६२ जुलाईमा अमेरिकन खगोलविद्द्वय लेविस स्विफ्ट ९१८२०–१९१३० र होरस टटल ९१८३८–१९३३० द्वारा पत्ता लगाइएको पुच्छे«तारा हो । सन् १९९२ म सूर्यको नजीक आएको यो पुच्छ्रेतारा अब सन् २१२५ मा मात्र नजीक आउने सोसाइटीले जनाएको छ ।

हाल यो पुच्छे«तारा पृथ्वीको नजीक छैन । यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई उल्का वर्षा भनिएको हो ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button