कला

९० को दशकपछि सुपरस्टारको युग फिक्का भयो : पंकज त्रिपाठी

फिल्मीखबर, काठमाडौं, 2020/12/25

फिल्म ‘शकिला’ मा सुपरस्टारको भूमिका निर्वाह गरेका अभिनेता पंकज त्रिपाठीले ९० को दशकपछि सुपरस्टारको युग फिक्का हुन थालेको बताएका छन् । उनले आईएएनएससँग भनेका छन्, ‘नब्बेको दशकको नायक वास्तवमा सुपरस्टार हुन्थे । त्यसपछि सुपरस्टारको युग फिक्का हुन थालेको थियो । त्यसबेला नायक केवल स्क्रिनमा नभइ वास्तविक जिन्दगीमा हिरो जस्तो हुन्थे ।’

‘शकिला’ मा पंकजले साउथ फिल्मको सुपरस्टारको भूमिका निभाएका छन् । यो चरित्रका लागि एक महत्त्वपूर्ण हिस्सा त्यसबेलाका नायकको वार्डरोब र शैलीसँग दुरुस्तै मिल्ने पहिरन लगाइएको उनले बताए । जसमा सुनको आकर्षक एक्सेसरीज, चम्किलो रंग र प्रिन्ट्स प्रयोग गरिएकाले ९० का दशकका सुपरस्टार नायकको लुक्स र कयौं प्रतिष्ठिन हिरोको याद दिलाउने उनको भनाई छ ।

उनी थप्छन्, ‘९० को दशकको फेशन अन्य दशकको भन्दा निकै अनौठो थियो । मैले यो लुक्समा आउन पाउँदाको पूरा आनन्द लिएँ र आकर्षक चम्किला कपडा लगाएँ । अर्थात् म यस्तो लुक्समा कहिल्यै देखिएको थिइनँ ।’ यो फिल्ममा अभिनेत्री ऋचा चड्ढा शीर्षक भूमिकामा छिन् । इन्द्रजीत लंकेश निर्देशित यो फिल्म २५ डिसेम्बरबाट भारतका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button