स्वास्थ्य

रिसका ५ किसिम र नियन्त्रण गर्ने तरिका

डा कपिलदेव उपाध्याय

रिस ज्यादै शक्तिशाली भाव हो। मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका छन। कहिले काँही त कसरी धेरै यति ठूलो घटना भयो भन्नेसम्म पनि रिसाएको मानिसलाई थाहा पाउँदैन। रिसकै कारण पारिवारिक कलह, झगडा, वेमेल, पारपाचुके जस्ता परिमाण हुन्छ। झगडाको नकारात्मक असर बच्चाबच्चीमा समेत पर्छ।

धेरै मानिसहरुलाई लाग्छ होला रिस त अलिकति हुनै पर्छ। रिस नै भएन भने अरूले हेपी हाल्छन नी। नेपाली समाजमा भनाई नै छ, रिस खा आफुलाई अर्थात रिसले सबैभन्दा बढी नोक्सान आफुलाई नै गर्छ भन्ने कुरा धेरैलाई थाहा छ। हामी रिसाउँदा खेरी हाम्रो मश्तिस्कबाट धेरै किसिमका रासायनिक तत्वहरु निस्कन्छन र त्यस्तै गरेर शरीरबाट एड्ररेनलीन र कर्टि«सोल जस्ता रासायनिक पदार्थहरु निस्कन्छन।

यी पदार्थहरुले मुटुको धड्कन बढाउछन, रक्तचापलाई बढाउछन र शरीरलाई लड्न वा भाग्नको लागि तयार गर्छन। हजारौ वर्ष पहिले जब मानिसहरु जंगलमा बस्थे र जंगली जनावरको शिकार गरेर आफ्नो पेट भर्दथे त्यसवेला जनावरहरुसँग लड्न सक्थे, मार्न सक्थे वा ज्यान बचाएर भाग्न सक्ने क्षमताको वास्तविक आवश्यकता थियो।

प्रकृतिले मानवलगायत सम्पूर्ण जीवहरुमा बाँच्ने आधारका लागि लड्ने वा भाग्ने व्यवस्था गरेको हुनुपर्छ। सभ्याताको विकाससंगै आजकल सामान्यतयः लड्ने वा भाग्ने अवस्था आउदैन तर रिसाएको बेलामा शरीरलाई लड्न वा भाग्न तयार पार्ने काम पहिले जस्तै नै हुन्छ। रिसाएको बेलामा निस्कने विभिन्न रासायनिक पदार्थहरु निस्कन्छन र तिनले नराम्रो असर पार्दछन।

रिसका किसिमहरु

(१) कडा रिस
यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ।

(२) आबेस
अचानक, एक्कासी रिस उठ्छ, तथा नाम गाली गर्ने र कुटपिट गर्ने समेत हुनसक्छ र छिट्टै रिस सेलाउँछ।

(३) प्यासिभ रिस
रिस उठेको हुन्छ तर, देखाउने तरिका भिन्दै हुन्छ। घुमाउरो पाराले, अरूलाई भनेको जस्तो गरेर वा वोल्दै नवोली आफ्नो रिस पोख्ने गर्छन।

(४) आफैमा पोख्ने रिस
रिस अरूसँग उठेको हुन्छ तर उनीहरुले आफैलाई चोट पु¥याउने, दुःख दिने जस्ता व्यवहार देखाउछन्। जस्तै शरीरका विभिन्न अंगमा घाँउ बनाउने, खाना खान नमान्ने वा लागु पदार्थ वा रक्सीको सेवन अत्याधिक गर्ने।

(५) सकारात्मक रिस
रिस अत्यन्त शक्तिशाली इनर्जी हो र यो उठी सकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ। कसै कसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन्। जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने।

रिसले निम्त्याउने रोग

रिसले टाउको दुख्ने, ब्लड प्रेसर बढ्ने, अल्सर हुने, छालाको रोगहरु हुने वा लागु पदार्थ वा मद्यपानको सेवन जथाभावी गर्ने हुनसक्छ।

रिसको व्यवस्थापन

रिसको व्यवस्थापन गर्नको लागि रिस कुन ठाउँवाट उठ्छ भन्ने जान्नु आवश्यक छ। लिम्बीक सिस्टमको एमिगडेला भन्ने ठाउँबाट रिस उठ्छ। एमिगडेलामा उठेको रिस ठिक होइन भन्ने सुझाव प्रिफ्रोन्टल कर्टेक्सले दिन्छ। रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने विचार मनमा ल्याउन सक्यो भने प्रिफ्रोन्टल कर्टेक्स एक्टीव हुन्छ र रिसलाई कट्रोल गर भन्ने निर्देशन एमिगडेलालाई दिन्छ। अर्थात रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने याद गर्ने र ४/५ पटक लामो स्वास लिने र छोड्ने गर्ने वानी गर्‍यो भने रिस कम भै हाल्छ। रिस कम हुनु भनेकै आफुलाई र अरुलाई हानी नोक्सानी हुने काम नगर्नु हो र आफुलाई लाग्न सक्ने विभिन्न रोगहरुबाट वच्ने राम्रो उपाए पनि हो।

-(डा कपिलदेव उपाध्याय, वरिष्ठ मनो चिकित्सक तथा स्ट्रेस काउन्सेलर)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button