विचार

भारतीय गृह मन्त्रीलाई गौहत्या बन्द गर्नअर्ति देऊ नेपाली नेता हो !

कमल मिश्र
भारतीय जनता पार्टीका अध्यक्ष एवं गृह मन्त्री श्री अमित साह एयर इन्डियाको विशेष जहाजमा तत्काल नेपाल आउने समाचार बाहिरिएको छ।
भगवान श्री पशुपति नाथको दर्शन गर्ने बहानामा काठमाडौं आउँने साह ले नेपालमा प्रम ओलीले भर्खरै गरेको संसद कु, को जगमा राजतन्त्र र हिन्दु राष्ट्र स्थापनाको आफ्नो गुप्त योजना लाई सफल बनाउन २०५३सालको महाकाली सन्धि ताका देखि भारतीय बिस्वासपात्र रहेका उनै ओली लाई भेटेर आफ्नो योजना लागु गराउँने होलान् ।
नेपालको संसदले पारित लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नक्शा जारी गरे पनि ओलीकै निर्देशनमा नयाँ नक्शा अंकित पाठ्यपुस्तक बितरणमा रोक लागेको र ओली ले जनताको वलिदान बाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लाई खोस्टो वनाईरहँदा आउँने कथित हिन्दुवादी भारतीय नेता साह लाई नेपालका गणतन्त्र वादीहरुले हाम्रो संविधान वैदिक सनातन धर्म संस्कृति सापेक्षअनि धर्म निरपेक्ष छ, हामी गौमाता लाई पूजा गर्छौ, यहाँ गाईको हत्या हुँदैन भनेर बरु (बिफ) गौहत्या गरेर बिदेशमा माशु निकासी गरिरहेको भारतले तत्काल यो कार्य रोक्न सक्नुपर्छ भनेर अर्ति दिने नेता कोही भ ए धर्मका नाममा राजनीति गर्ने भारतीय हरु कतै झस्किन्थे कि? किनकी धर्म र राजनीति एउटै कदापी हुन सक्दैन। त्यस कारण ओली ईतरका नेपाली नेताहरु हो, धर्मको आडमा राजनीति गर्न अनि फालिएको राजतन्त्र स्थापना गर्ने मास्टर्स प्लानर अमित साह लाई माथिको अर्ति दिन नभुल्नुहोस् तपाईहरु लाई गौमाता को आर्शीवाद अबस्य रहने छ है।बरु गौमाता को दिनहुँ लाखौ को संख्यामा हत्या गरी मासु बिदेश निकासी गर्ने हरु कदापि हिन्दु हुन सक्तैनौ भन्न सक्नु पर्दछ।
जय सनातन धर्म, जय देश, जय लोकतान्त्रिक गणतन्त्र, जय गौमाता।(लेखक निजि विचार हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button