मूल खबर

पत्रकार दिनेश श्रेष्ठ पादरी गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कारद्धारा सम्मानित

ललितपुर– युवा दर्शन पत्रिकाका सम्पादक पत्रकार दिनेश श्रेष्ठलाई पादरी गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कारवाट सम्मान गरिएको छ ।

ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले आयोजना गरेको नेपाली पत्रकारिताका आदिपत्रकार पादरी गंगा प्रसाद प्रधानको १७१ औँ जन्मस्मृति कार्यक्रममा पच्चिस हजार राशीको उक्त पुरस्कारबाट पत्रकार श्रेष्ठलाई सोमबार सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर डा. मंगलमान महर्जन र नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. सूर्य बहादर बल तामाङ (हनोक)को बाहुलीबाट श्रेष्ठ सम्मानित भएका छन् ।

सामाजिक सरोकारका मुद्दामा विशेष गरी सिमान्तकृत, उत्पीडित, उपेक्षित वर्ग तथा ख्रीष्टियन समुदायका लागि पत्रकारीता क्षेत्रवाट योगदान गरेका पत्रकारलाई यो पुरस्कारवाट सम्मानित गर्दै आएको छ । यो वर्ष श्रेष्ठलाई ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले पत्रकारिताको यात्रामा विभिन्न आरोह अवरोहका बीच अनवरतरुपमा दुई दशकसम्म निरन्तर पत्रकारिताको माध्यमबाट समुदायमा महत्वपूर्ण योगदान पुऱ्याएको भन्दै उक्त सम्मान गरेको हो ।

मोफसलमा पत्रकारीता गर्दै आएका सक्रिय पत्रकार श्रेष्ठ ०५९ सालबाट अनवरतरुपमा नेपाली पत्रकारिताको क्षेत्रमा बोलाङ मञ्च, युवा भावना पत्रिकामा सम्पादकको भूमिका वहन गर्नुहुँदै विगत १५ वर्षदखि युवा दर्शन द्वैमासिक पत्रिका निरन्तर प्रकाशन गर्दै आउनु भएको छ ।

कार्यक्रमका संयोजक तथा सिजेएफ नेपालका सहकर्मी सदस्य पत्रकार कुमार सिहं विष्टले पत्रकार श्रेष्ठले पत्रकारिता मार्फत आवाजविहिनहरुको आवाजलाई प्राथमिकतासाथ उठान गरी समाजलाई सदमार्गमा डोऱ्याएको योगदानको उच्च मूल्याङकन गर्दै सम्मान गरेको जानकारी दिएका छन् । निकै कष्टकर अबस्थामा पनि पत्रकारिता गर्दै आउनु भएका दिनेश श्रेष्ठको उज्जवल भबिश्यको कामना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button