मूल खबर

झापा क्षेत्र नं १ ‘क’मा गोपालको उम्मेद्वारी लगभग पक्का, तामाङ्ग भन्छन्—‘मेरो उत्साहमा साथीहरुले उर्जा दिनुहुन्छ भन्ने मलाई पुरा विश्वास छ’

मेचीनगर । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा झापाको क्षेत्र नं१ को ‘क’बाट नेपाली काँग्रेसका युवा नेता गोपाल तामाङ्ग उम्मेद्वार बन्ने संभावना बलियो बनेको छ । काँग्रेसस्रोतका अनुसार यस क्षेत्रबाट प्रदेश सभाका लागि गोपाल तामाङ्ग, बालजित राई र ताराबीर कटवालको नाम पार्टीले सिफारिस गरेको थियो । नेपाली काँग्रेसका तर्फबाट बन्ने उम्मेद्वारमा तामाङ्गको नाम पहिलो नम्बरमा रहेको समेत बुझिएको छ । नेबिसंघको राजनीतिबाट निरन्तर पार्टीमा सकृय तामाङ्गलाईनै अन्य दुई सिफारिसमा परेका नेताहरु ताराबीर र बालजितले समेत सहमति गर्ने प्रबल संभावना रहेको स्रोतले बतायो । स्रोतका अनुसार सिफारिसमा परेका तीन जना नेताहरुका बीचमा हार्दिकता पूर्वक सहमति गरेर पार्टीले जित्ने गरि उम्मेद्वार तय गर्ने स्रोतले चौतारी पोष्ट अनलाइनलाई बतायो ।झापाको क्षेत्र न१को ‘क’बाट प्रदेशसभाका लागि सिफारिस भएका र उम्मेद्वार बन्ने बलियो संभावनाको चर्चामा रहेका तामाङ्गसँग चौतारी पोष्ट अनलाइनले उनीसँग बुझ्दा तामाङ्गले समेत सिफारिसमा परेका अन्य साथीहरुले आफुलाई सहयोग गर्ने विचार अप्रत्यक्ष राखे । चौतारी पोष्ट अनलाइनको एक जिज्ञासमा तामाङ्गले भने—‘यो क्षेत्रबाट सिफारिसमा परेका हामी तीन जनाबीच हार्दिकताका साथ सहमति हुनेछ,भोलीका दिनमा हामी एक ढिक्का भएर निर्वाचनको मैदानमा जानेछौँ, मलाई विश्वास छ साथीहरुले मेरो उत्साहमा उर्जा थप्ने काम गर्नु हुुनेछ ’। तामाङ्गले सिफारिसमा परेका तीन जनाबीच सहमति गरेर निर्वाचनमा जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button