खबर

काम एउटै कर्मचारी थरीथरी

काठमाडौं
स्थानीय तहमा एउटै प्रकृतिको कामका लागि पाँच प्रकृतिका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको छ। स्थानीय तहमा एकै प्रकृतिका एउटै कार्यकक्षमा एउटै टेबुल वरिपरि बसेर काम गर्ने कर्मचारीबीच सेवासुविधामा विभेद हुँदा त्यसको असर प्रत्यक्ष रूपमा सेवा प्रवाहमा परेको छ ।

स्थानीय तहमा सङ्घीय निजामती सेवाका कर्मचारी, प्रदेश सेवाका कर्मचारी, स्थानीय सेवा, विभिन्न परियोजना र करार सेवाका कर्मचारी कार्यरत छन् ।

कर्मचारीले प्रदान गर्ने सेवा र तह एउटै भएको तर सेवासुविधा फरक–फरक भएकाले कर्मचारीबीच काममा उत्प्रेरणा नहुँदा त्यसको असर सेवा प्रवाहमा पर्ने गरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले जनाएको छ ।गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button