खेलकुद

बेन्जेमाको ह्याट्रिकमा बार्सिलोनामाथि रियलको सानदार जित

एजेन्सी – कप्तान तथा फरवार्ड करिम बेन्जेमाले ह्याट्रिकसँगै एक गोलको लागि असिस्ट प्रदान गरेपछि ‘एल क्लासिको’ मा बार्सिलोनामाथि सानदार जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाकै मैदानमा ४–० को तथा समग्रमा ४–१ को जित दर्ता गर्दै रियल फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा रियल १–० ले पराजित भएको हो ।

दोस्रो लेगमा रियलको सानदार जितमा कप्तान तथा फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक पूरा गर्दा भिनिसियस जुनियरले एक गोल थपे । स्पोटिफाई क्याम्प नोउमा प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा रियलले पाएको मौकालाई सदुपयोग गर्दा बार्सिलोनाले सदुपयोग गर्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले कप्तान बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछिको तीनै गोल बेन्जेमाको नाममा रह्यो । ५०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । ५८औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए ।

त्यसपछि ८०औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पूरा गर्दै बार्सिलोनमाथि सानदार जित दिलाएर टोलीलाई फाइनलमा पु¥याए । बेन्जेमाले यसपटक भिनिसियसकै पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै रियलले दुई साताअघि स्पेनिस ला लिगामा भोगेको हारको बदला लिन सफल भएको छ । २० मार्चमा भएको खेलमा रियल बार्सिलोनासँग २–१ ले पराजित भएको थियो ।हाम्रो खेलकुदबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button