मूल खबर

गायन रियालिटी शो ‘भ्वाइस् अफ होप’ आजबाट सुरु

झापा । नेपालकै पहिलो पटक नेपाली चर्चमा ‘भ्वाइस् अफ होप’ रियालिटी शो आज विहिवारबाट दमकमा सुरु भएको छ ।

शालोम नेपाली चर्चको दर्शन तथा दमक उत्तरी इसाई समाजको आयोजना साथै अगापे ग्लोबल मिशनको प्रस्तुतीमा ज्योती मण्डली भालुखुडी झापामा एक दिने भ्वाइस् अफ होप रियालिटी शो हुने भएको हो ।

रियालिटी शो ‘भ्वाइस् अफ होप’का निर्णायक मण्डलमा भारत सिलिगुडीका गायक पास्टर प्रमोद राई, संगितकार सिमसोन सेन्चुरी रहेका छन् ।

रियालिटी शोमा पथरी संयुक्त ख्रीष्टियन संगति र दमक उत्तरी इसाई समाजबाट २३ वटा चर्चबाट ७ देखि १४ वर्ष उमेर समुहका बालसंगतिका भाईबहिनीहरुले सहभागीता जनाउको दमक उत्तरी इसाई समाजका अध्यक्ष पा. चन्द्र राईले जानकारी दिनुभयो ।

चर्चभित्रका ससाना भाईबहिनीहरुको प्रतिभाको प्रस्फुटन गर्न र उनीहरुमा भएका प्रतिभालाई खोजी गरी परमेश्वरको महिमाको लागि उपभोग गर्ने मुख्य उदेश्यले कार्यक्रमको आयोजना गरिएको अगापे ग्लोबल मिशनका अध्यक्ष रेभ. पा. सान धिमाली राईले बताउनुभयो ।

रियालिटी शोबाट मुख्य दर्शनकर्ता भिजन मिनिष्टि अफ शालोम नेपाली चर्चका पास्टर पास्टर राजु रामदाम भन्छन्, ‘बालबालिका हाम्रो चर्चको खम्बा हो, हामीले हाम्रो चर्चका ससाना भाईबहिनीहरुलाई परमेश्वरको महिमाको लागि प्रयोग गर्नुपर्छ, उनीहरुलाई बाल्यवस्थामा राम्रो शिक्षा, सहि ज्ञान दिनसकेमा र उनीहरुको प्रतिभालाई समयमा चिन्न सकेमा नेपाली चर्च आशिषित् हनेछ । कार्यक्रमको मुख्य उदेश्य चर्चभित्र ओझेलमा परेका बालबालिकाको प्रतिभालाई प्रवद्र्धन गर्ने र उजागर गर्नु हो ।’

रियालिटी शो आयोजकका अनुसार ‘भ्वाइस् अफ होप’ का प्रथम, दृतिय र तृतिय हुने विजेतालाई नगद पुरस्कारसहित ट्रफि साथै गित तथा भिडियो रेकर्ड गर्न अवसर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button