मूल खबर

गठबन्धन सरकारको जात देशद्रोही, गोत्र निकम्मा : केपी ओली

फाईल फोटो ।

काठमाडौँ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्।

बिहीबार च्यासलमा बसेको पार्टीनिकट खेलकुद संगठनको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिए।

‘एक जनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ। यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ। यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ,’ ओलीले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर। यी एकै वंश, एकै नश्लका हुन्। र यी भ्रष्टाचारी वंशका हुन्। यी कमिसनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। यिनको जात देशद्रोही हो।’

उनले जनताको बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले विरोधीहरू एमालेविरूद्ध एक्लै लड्ने् आँट नगरेको भन्दै उनले यसमा गर्व गर्नुपर्ने बताए।

‘हामीले गर्व गर्नुपर्छ– विरोधीहरू एक्लै लड्नेभिड्ने आँटै गर्दैनन्। हामी मात्रै हो, एक्लै लड्छौं भन्ने। हामी लड्यौं। तर सबै भएर, स–साना अंकहरू जोडेर उनीहरूले सरकार बनाएका छन्। सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचाजस्तो छ,’ उनले टिप्पणी गर्दै भने।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button