
झापा । इम्मानुएल पेन्तिकोष्टल चर्चकी आइसा लिम्बु ‘भ्वाइस् अफ होप’ गायन रियालिटी शोको प्रथम विजेता भएकी छन्।
ज्योती मण्डली भालुखुडी दमकमा विहिवार भएको ग्राण्ड फिनालेमा आइसा लिम्बु ‘भ्वाइस् अफ होप’ सिजन–१ को बिजेता बन्न सफल भएकी हुन्। उनले बिजेताको उपाधि उचाल्दै गर्दा सबैले उतिकै रुचाएका इसाहक राई फस्ट रनरअप बने भने सेकेन्ड रनरअपको उपाधि विना देवानले प्राप्त गरिन् ।
विजेता बनेकी लिम्बुले नगद पुरस्कारसहित ट्रफि साथै गित तथा भिडियो रेकर्ड गर्न अवसर प्राप्त गरिन् । जित हासिल गरेपछि आइसाले सांगीतिक करिअरलाई निरन्तरता दिन अझै मिहिनेत गर्ने बताइन् ।
गायन रियालिटी शो ‘भ्वाइस् अफ होप’का निर्णायक मण्डलमा भारत सिलिगुडीका गायक पास्टर प्रमोद राई, संगितकार सिमसोन सेन्चुरी रहेका थिए ।
कार्यक्रमको मुख्य उदेश्य चर्चभित्र ओझेलमा परेका बालबालिकाको प्रतिभालाई प्रवद्र्धन गर्ने र उजागर गर्नुभएकोले आगामी दिनमा यसलाई नेपालभर नेपाली चर्चको माझमा पुर्याउनुका साथै यसलाई नेपाली चर्चले जिम्मेवारीवोध गर्नुपर्ने गायन रियालिटी शोका मुख्य दर्शनकर्ता भिजन मिनिष्टि अफ शालोम नेपाली चर्चका पास्टर पास्टर राजु रामदामले बताउनुभयो ।
शालोम नेपाली चर्चको दर्शन तथा दमक उत्तरी इसाई समाजको आयोजना साथै अगापे ग्लोबल मिशनको प्रस्तुतीमा ज्योती मण्डली भालुखुडी झापामा एक दिने भ्वाइस् अफ होप गायन रियालिटी शो भव्यताका साथ सम्पन्न भएको हो ।