खबर

मध्य थाइल्याण्डको पटाका कारखानामा बिस्फोट : १७ जनाको मृत्यु

काठमाडाैं । मध्य थाइल्याण्डमा पटाका कारखानामा बिस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

सुफान बुरी प्रान्तमा रहेको पटाका कारखानामा आगलागी भएको थियो र विस्फोटपछि ध्वस्त भएको बताइएको छ । घटनास्थलमा खिचिएका तस्बिरहरूले बिस्फोटबाट सय मिटरभन्दा टाढा धान खेतमा बिष्फोटका सामग्री देखिएको बताइएको छ ।

बिस्फोट हुँदा कारखानामा २० भन्दा बढी कर्मचारी काम गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जनता समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button