सृजनाको चौतारी

क्रन्तिकारी आमा

कविता
क्रन्तिकारी आमा
पहिलो आंदोलन
शायद बिउले गरे होला
माटोको बिरुद्ध
र ,फूटेर प्रस्फुटित भए
बिरुवा बनेर
वा फेरी शिशुले
कोख भित्र गरे होला
जन्म लिनका लागि
हरेक पटक
कान्तिकारीको प्रेम पाए
माटो संग पनि
आमा संग पनि
किनकी
आमालाई थाह छ ,कि
आन्दोलनको बिना
सृजना सम्भव छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button