
किरण कौशल
पाल्पा । नेपाल सरकार, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले देशमा भष्ट्रचार मौलाएकाले वडाध्यक्षदेखी प्रधानमन्त्री भएका व्यक्तिसम्मको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने माग गरेका छन् ।
उनले भ्रष्टाचारीलाई कारवाही नगरेसम्म देश समृद्धिको बाटो जान नसक्ने बताउदै भ्रष्टाचार गर्ने छुट कसैलाई नभएकाले सरकार गम्भिर भएर लाग्नुपर्ने बताए। तानसेन नगरपालिकाले तानसेन महोत्सव, २०८० उद्घाटन समारोहमा बोल्दै नेताहरू पारदर्शी हुन जरुरी छ त्यसैले सर्वसमतिले सम्पती छानविन गरेर सुशासन कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।
कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार भन्ने नारासहित तानसेन नगरपालिकाले फागुन १९ देखि २९ गतेसम्म महोत्सवको आयोजना गरेको छ । महोत्सवमा कृषि, पर्यटन, लघु तथा साना उद्योग र युवाहरुको बृत्ति विकास सम्बन्धी ३ सय भन्दा बढी स्टलहरू रहेका छन् ।
महोत्सवले रोजगार सिर्जना, स्थानीय कलासंस्ृकतिको संरक्षण, कृषि उपजको बजारीकरण र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएको तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।राजधानी दैनिकमा खबर छ ।



