सम्पादकीय

मेचीनगर नगरपालिकाको आफ्नै साइट अपडेट छैन ।अहिले सम्म प्रदेश नं १

सम्पादकीय
झापाको मेचीनगर नगरपालिकाको आफ्नो डिजिटल साइट अपडेट छैन । समग्र नगरको संक्षिप्त परिचय र जानकारी हुनु पर्ने डिजिटल सुचना पार्टीमै अहिले सम्म प्रदेश नं १ भनेर लेखिएको छ । मेचीनगर नगरपालिका नामको नगरको सो साइटमा वडा प्रोफाइलमा वडा अध्यक्षको नाम र मोबाईल नं बाहेक अरु केही पनि छैन । सो साइटमा नगरकाका बारेमा संक्षिप्तमै भए पनि विविध जानकारी, विकास निमार्ण र आवाश्यकीय जानकारी रहनु पर्ने हो ।तर, सामान्य रुपमा नगरपालिकाको साइट छ भन्दा छ भने जस्तो मात्रै देखिएको छ ।वडा अध्यक्षहरुको नाम , मोबाईलन नं र नगरका मेयर, उपमेयर र प्रमुख प्रशाससकीय अधिकृतको फोटो भने राखिएको छ । स्थानीय सञ्चार माध्यामलाई पुरै नजरअन्दाज गरेर नगरका सुचना र जानकारी गैर कानुनी रुपमा जनप्रतिनिधिका निजि फेसबुकमा मात्र सिमित गरेको मेचीनगर नगरपालिकाले आफ्ै साइटमा राखेका सुचनाको पहुँच आम नागरिक सम्म कस्तो छ भनेर सोचे जस्तो लाग्दैन । अहिले सम्म प्रदेश नं १ लेखिएको साइट कति अपडेट रहेछ भन्ने कुरा यसैले नै पुष्टि गरेको छ । झारो टार्ने हिसाबको मात्र मेचीनगर नगरपालिकाको यो साइटलाई थोरै भए पनि सकृय बनाउन र नगरको साइटबाट आम नागरिक र जिज्ञासुले नगरका बारेमा केही नयाँ जानकारी पाउन सके भने मात्रै यसको सार्थकता झल्कने थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button