सम्पादकीय

कर, मेचीनगर र कम्युनिष्ट जनप्रतिनिधि

सम्पादकीय
झापाको मेचीनगर नगरपालिका विभिन्न समयमा विभिन्न विषय र शीर्षकमा चर्चामा आउने गर्छ । अक्सर प्रमुख प्रशासकीय अधिकृतको सरुवाका विषयमा अलिक धेरै चर्चामा आउने मेचीनगर जनपक्षीय काम र जनमूखी गतिविधिका विषयमा भने उति धेरै चर्चामा आउन चाहदैन जस्तो देखिन्छ । पछिल्लो समयमा पटके सवारी करका विषयमा चर्चामा आएको यो नगरपालिकामा करिव ८० प्रतिशत जनप्रतिनिधि नेकपा(एमाले)अर्थात कम्युनिष्ट पार्टीको तर्फबाट चुनिएर आएकाछन् ।

कम्युनिष्टहरुको समान र एउटै नारा हुन्छ त्यो हो, न्याय, समानता र स्वतन्त्रता तर मेचीनगर नगरपालिकामा यो नाराले उति सारो महत्व पाएको देखिदैन ।पछिल्लो समयमा नगरपालिकाले लगाएको पटके करका विषयमा अहिले एमालेकै नगरका जिम्मेवार नेतृत्वले सार्वजनिक रुपमै असन्तुष्टि पोखेकाछन् भने आम नागरिकले पनि यसलाई जनमूखी र व्यबहारिक भएन भनेर विरोध गरेकाछन् ।

राजस्व संकलन गर्ने नाममा नगरपालिकाले लगाएको पटके सवारीका विषयमा विभिन्न सामाजिक संघ संस्थाहरुले समेत आपत्ति जनाएकाछन् । देश र जनताका लागि जिवन बलिदान गर्न तयार हुन्छौँ भन्ने कम्युनिष्ट जनप्रतिनिधिहरुको दुई तिहाइको जमघट भएको मेचीनगर नगरपालिका किन प्राय आलोचनाको शिकार बन्ने गर्छ ? राजस्व संकलन गर्नु पर्छ , नगरपालिकाको आन्तरिक आय बढाउनका लागि स्थानीय स्रोत र साधनको परिचालन नगरले गर्नु पनि पर्छ तर यसको अर्थ यो होइन कि आफ्नो अधिकार क्षेत्र भित्र कानुन कार्यान्वयन गर्नु पूर्व त्यसको व्यबहारिक पक्षका विषयमा समेत उत्तिकै गंभीर पनि बन्नु पर्छ ।

अहिले मेचीनगर नगरपालिकाले लगाएको कर का बारेमा पुनः विचार गर्नु पर्ने देखिन्छ । नगरको विकास निमार्णका लागि नगरले राजस्व संकलन गर्नुलाई अन्यथा लिन हुदैन तर राजस्व संकलन गर्ने नाममा जनताको ढाडनै सेक्ने र अब्यवहारिक कर नागरिकलाई स्विकार्य हुदैन भन्ने कुराको समेत ख्याल गर्नु पर्छ ।

दुई तिहाइ धेरै जनप्रतिनिधि कम्युनिष्ट पार्टीका भएको नगरपालिकामा जनस्तरबाट र आफ्नै पार्टीका जिम्मेवार नगरका नेताहरुबाट भएको विरोधलाई कम्युनिष्टका जनप्रतिनिधिले कसरी आत्मसात गर्छन् सबैको चासो बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button