
न्युज अफ नेपाल
काठमाडौं ।
एमाले केन्द्रीय सदस्य ऐन महर साइबर अपराध अभियोगमा बुधबार प्रहरीमा उपस्थित भएका छन्। एक महिलाको जाहेरीपछि साइबर ब्युरोको अनुरोधमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ अनुमति जारी भएपछि महर आफैं प्रहरीमा पुगेका हुन्। आजै उनलाई म्याद थपका लागि अदालतमा पेश गरिने एसपी दिपकराज अवस्थीले जानकारी दिए।
महर अनेरास्ववियु हुँदै एमालेको केन्द्रीय राजनीतिमा सक्रिय भएका हुन्। बझाङका महर पछिल्लो प्रतिनिधिसभा चुनावमा पराजित भएका थिए।