
काठमाडौं।
नेपालमा जेनरेशन जेड (जेनजी) का युवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारको भ्रष्टाचारको विरोधमा गरेको प्रदर्शनलाई अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका दिएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीले काठमाडौंमा हजारौं प्रदर्शनकारीहरूले सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरेको उल्लेख गरेको छ । प्रदर्शनकारीहरूले संसद्् भवन घेराबन्दी गर्दै प्रहरीसँग झडप गरेका छन् । प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेपनि प्रदर्शनकारीहरूले ब्यारिकेड तोडेर संसद्् भवनमा प्रवेश गर्ने प्रयास गरेका छन् । यसपछि सरकारले काठमाडौँका प्रमुख स्थानहरूमा कफ्र्यु आदेश जारी गरेको एपीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
रोयटर्सले नेपालका प्रहरीहरूले प्रदर्शनकारीहरूलाई संसद्् भवनमा प्रवेश गर्नबाट रोक्न अश्रुग्यास, रबर गोली र पानीको फोहरा प्रयोग गरेका छन् । प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल बन्द नगर्नुहोस्, भ्रष्टाचार बन्द गर्नुहोस् जस्ता नारा लगाएका छन् । प्रदर्शनकारीहरूको संख्या अत्यधिक भएकाले प्रहरीले स्थिति नियन्त्रणमा लिन कफ्र्यु आदेश जारी गरेको उल्लेख गरेको छ ।
इन्डिया टुडेले नेपालमा जेनजी युवाहरूले ठूलो प्रदर्शन गरेका छन् । आन्दोलनका क्रममा ६ जना प्रदर्शनकारीको मृत्यु भएको र ८० जना भन्दा घाइते भएको उल्लेख गरेको छ । नेपाल सरकारले २६ वटा प्रमुख सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएपछि नागरिकमा आक्रोश बढेको उल्लेख गरिएको छ ।
टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गर्दै नेपालमा जेनजी युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेको उल्लेख गरेको छ । प्रदर्शनकारीहरूले राष्ट्रिय झन्डा लिएर राष्ट्रगान गाउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा ६ जना प्रदर्शनकारीको मृत्यु भएको र ९० जना घाइते भएको उल्लेख गरेको छ ।
आजतकले समाचार प्रकाशित गर्दै नेपालमा जेनजी पुस्ताका युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेको उल्लेख गरेको छ । प्रदर्शनकारीहरूले संसद्् भवन परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको उल्लेख गरेको छ ।
नवभारत टाइम्सले समाचार प्रकाशित गर्दै नेपालमा जेनजी युवाहरूले फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले संसद्् भवनमा प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको उल्लेख गरिएको छ ।
अमेरिका, युरोप, अष्ट्रेलिया र जापानका प्रमुख मिडियाहरूले पनि नेपालको जेनजी आन्दोलनको समाचारलाई प्राथमिकता दिइरहेका छन्। उनीहरूले नेपालमा युवा पुस्ताको राजनीतिक सचेतना र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन् ।
यस आन्दोलनले नेपालमा युवा पुस्ताको राजनीतिक सचेतना र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ ।न्युज अफ नेपाल