
काँकरभिट्टा—भारतसँग जोडिएको झापाको मुख्य नाका काँकडभिट्टामा आवतजावतलाई कडाइ गरिएको छ । यो समयमा नाकामा आपराधिक गतिविधि हुन सक्ने भन्दै आवतजावतमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिए । ‘यस्तो वेलामा नाकामा आपराधिक गतिविधि हुन सक्छ । जेलबाट भागेका पनि भारततर्फ जान सक्छन् । त्यही भएर नाकामा कडाइ गरेका छौँ । आवतजावत छ तर, कडाइ छ,’ उनले भने, ‘नेपाल र भारतका सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् ।’
नाकाको सुरक्षा व्यवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले कफ्र्यु आदेशका कारण नाकामा आवतजावत ठप्प भएको बताए ।