मूल खबर

झापा काँग्रेसले यसरी मनाउने भयो संविधान दिवस

बिर्तामोड । नेपाली जनताको कठोर संघर्षपछि प्राप्त नेपालको संविधान रक्षाका लागि लोकतान्त्रिक गणतन्त्रवादी दलसम्वद्ध भातृ तथा जनबर्गीय संघ संस्था र शुभेच्छुकहरुको उपस्थितिमा संविधान दिवस मनाइने भएको छ ।

२०६२-०६३ को बृहत् जन आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै २०७२ असोज ३ गते नेपाली काङ्ग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले संविधान घोषणा गरेको थियो ।

लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरुको संयुक्त आयोजनामा यही असोज ३ गते ११ औ गणतन्त्र दिवस झापाका सबै पलिकातहमा बिबिध कार्यक्रम गरि मनाउने निर्णय भएको नेपाली काङ्ग्रेस झापाका सचीव कृष्ण हुमागाइले जानकारी दिनुभयो ।

 


उहाका अनुसार लोकतान्त्रिक गणतन्त्र प क्षधर शक्तिले असोज ३ गते अपरान्ह ३ बजे पालिकातहका पायक पर्ने मुख्य चोकहरुमा कार्यक्रम गरिनेछ ।
हातमा संविधानको किताब, पार्टी र भातृ संस्थाका झण्डाका साथमा देशको राष्ट्रिय झण्डासहित संविधानको रक्षा गरौं, लोकतन्त्र जिन्दावाद, लेखिएका प्लेकार्डसहित मौन जुलुस निकालिने र सक्षिप्त कार्यक्रम गर्ने निर्णय भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button