मूल खबर

वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारतले आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्धता

काठमाडौँ- नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गर्नु भएको छ । उहाँले समाजिक संजाल मार्फत भारी वर्षाका कारण भएको जनधनको क्षति प्रति दु:ख ब्यक्त गर्दै आवश्यक पर्ने कुनै पनि खाले सहयोगका लागि तयार रहेको बताउनु भएको छ ।

”नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं। एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल एक्समा लेख्नु भएको छ ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button