भिडियो चौतारीस्वास्थ्यहेड लाइन

काँकरभिट्टामा योग दिवस सम्पन्न —योग दिवसका अवसरमा प्रभातफेरि (भिडियो सहित)

मेचीनगर ।
योग दिवसका अवसरमा काँकरभिट्टामा प्रभातफेरि गरिएको छ ।पाताञ्जल योग समिति नेपाल — काँकरभिट्टा साधना केन्द्र र जिवन विज्ञान प्रयोगशाला काँकरभिट्टाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।योग दिवस २०८२ का अवसरमा आयोजित सो कार्यक्रममा पहिलो चरणमा प्रभातफेरि र दोस्रो चरणमा कोण सभा गरिएको थियो।
काँकरभिट्टा बजार परिक्रमापछि प्रभातफेरि हुनमान मन्दिर परिसरमा गएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई मेचीनगर ६ का वडा सदस्य भविन्द्र सुव्वा,काँकरभिट्टा साधना केन्द्रकी अनिता गुरागाईँ र जिवन विज्ञान प्रयोगशालाकी मिना कटुवालले योगका बारेमा चर्चा गर्दै सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button