विचार

लोकतन्त्र

ब्यवस्था कुनैपनि खराब हुँदैनन् चाहे त्यो पंचायति ब्यवस्था होस या बहुदलीय । ब्यवस्था संचालन गर्ने र त्यसभित्र बसेर कामगर्ने ब्यक्ति असल भए राम्रो प्रभावपर्छ , खराब भए नराम्रो । त्यसबेला ब्यक्ति गौंड बन्दछ र ब्यवस्था बदनाम हुन्छ ।सार्वजनिक हितमा केन्द्रित हुने कार्य नै राज्य संचालनको साधन राजनिती हो , समाजसेवाको रुपमा विकसित पद्धति हो राजनिती । कतिले निस्वार्थ सेवाभावले नै गर्छन् ती सफल अनि जिवन्त रहन्छन् , कतिचाहिँ स्वार्थ सिद्धिको साधनको रुपमा उपयोग गर्दछन ,ति केहिसमयपछि पतन हुन्छन् या हराएर जान्छन् । समाज देश निर्माणका लागि जीवन समर्पण गरेका असल समाजसेवी या राजनितीज्ञहरु जनताका मनमा चिरकाल सम्म जिवन्त हुन्छन् लोकतन्त्रको असली कसि त्यही हो ।

जनताद्वारा,जनताबाटै छानिएर ,जनताकैलागी शासन संचालन गर्ने पद्धतिलाई लोकतन्त्र भनिन्छ । अर्थात लोक ूजनतातन्त्र ूशासन ू जनताको सर्वोपरि हितलाई ध्यानमा राखी शासन संचालन गरिन्छ, जहाँ जनता सुखी खुसी अनि समृद्ध बनुन ।२००७ साल राणाशासनको अन्त्य हुँदै २०४७ सालको जनआन्दोलन बाट लोकतन्त्र बहाली भयो , जनताका छोरा देशको कार्यकारी प्रमुख बने । मुलुक लोकतान्त्रिक मार्गमा लागेपछि आमुल सुधारको अपेक्षा गरिएको थियो तर तदनुरुप भएन जनता खुसी छैनन् ,प्रत्येक दशकमा बिद्रोह भईरहेको छ । अरुहरुका उक्साहटका भरमा मात्र भएका बिद्रोह हुन त ? कि हामीभित्रभएका कमि कमजोरीहरुपनि सामेल छन् ? दोष अरुलाई थुपारेर आफू पन्छिन पाउने छुट बिलकुल छैन, रहँदैन ।

प्रत्येक दशकमा युवाहरूले रगत बगाउनु परिरहेको छ।जसका कारण देश दिनानुदिन अझ कमजोर र निरिह बन्दै छ। युवा विद्यार्थी पलायनहुने क्रम अझ बढेको छ । गम्भीर समिक्षाको बिषय हो यो । यस सम्बन्धमा बहस छलफल गर्ने कि नगर्ने ? मुलुकको हितका लागिकेन्द्रित हुने कि नहुने? विधि र पद्धति लोकतन्त्रको आधारस्तम्भ हो ,जहाँ निति प्रधान हुन्छ । नेता प्रधानभए स्वेच्छाचारीता निरंकुशता मौलाउन थाल्छ अनि आफ्ना नजिक र टाढा फरक देखिने मानसिकता बढछ , त्यही मानसिकताले राजनीति दुर्गन्धित बन्छ , शासकहरु आफू र आफ्ना अनि बरिपरिका बाहेक अरु कसैलाई देख्दैनन् । वर्तमान हाम्रो मुलुकको जटिल समस्या यही हो । एकले अर्काको अस्तित्व स्वीकार नगर्ने ।

हरेक देशमा राज्यसंचालन गर्नकालागी बिधि , पद्धतिको दस्तावेज हुन्छ जसलाई संबिधान भनिन्छ परिवर्तित समयानुकूल र जनचाहनाअनुरुप हुनेगरी संविधान संशोधन परिमार्जन गर्दै लगिन्छ लैजानुपर्छ । लोकतन्त्रको मुल्यमा अधिनायकवाद स्वीकार्य हुँदैन । अहिले कुनै एक वर्ग वा पार्टीको पक्ष पोषण गर्नेहरू आफूहरुलाई लोकतन्त्रवादी भएको वकालत गर्दछन् , उनिहरु लोकतान्त्रिक संस्कारको संस्थागत विकाशमा कति ईमानदार छन् ? महत्वपुर्ण प्रश्न यो हो । उपयोग मात्र गर्नेहरू लोकतन्त्रको असली हिमायति हुनै सक्दैनन् । बलियो लोकतन्त्रमा मात्र नागरिक अधिकार सुनिश्चित हुनसक्छ ।

अहिले राजसंस्था पुनर्स्थापना बारेको चर्चा उच्च तहसम्म चलेको अवस्था छ, पुर्व राष्ट्रपति समेतले यसबारे सकारात्मक रहेको आसय ब्यक्त गरिसक्नुभएको छ । यस बिषयमा पनि गम्भीरतापूर्वक समीक्षा जरुरी छ। स्वः श्री५पृथ्वीनारायणशाहले एकिकरण गरि सिङ्गो नेपाल निर्माण न गरेको भए आज हामी नेपाली हौं भन्नसमेत पाउने थिएनौं अरु कुनै देशका नागरिक बन्नुपर्ने अवस्था हुनेथियो होला । , हामी नेपाली हौं भन्ने स्वाभिमान रहन्नथ्यो होला?आज उनैका वंशज लाई उपेक्षा गर्न कति हदसम्म जायज ठहर्ला ? जसले धनजनको क्षति नगराई सत्ता हस्तान्तरण गरे उनैलाई निषेध गर्न कतिसम्म न्यायसंगत छ रु यो देश बनाउनकालागि उनको पनि हक र अधिकार हुने कि नहुने ? अनि निषेध केका लागि ? तसर्थ सबै पक्ष सबै बर्ग सबै समुहको सहभागीता आजको आवश्यकता हो। छिमेकी भारतिय राजनिती हेर्ने होभने पश्चिमबंगालमा मार्क्सवादी धारमा रहेका ज्योति बशुले लामो समय एकछत्र शासन गरे पछि उनिसँगै हराएर गयो , अहिले मुख्यमन्त्री ममता ब्यानर्जीको रजगज छ ।

राम जन्मभुमि र बाबरि मस्जिदबारे द्वन्द्व हुँदा तत्कालीन काङ्ग्रेस आई सरकारले भारतीय जनतापार्टिका अध्यक्ष लालकृष्ण अडवाणी र उनको जुलुसलाई यो कुनै राजनीतिक पार्टी हैन हिन्दु धर्मकोप्रचारगर्ने साम्प्रदायिक समुह हो भनेर लखेटिएको दल भारतीय राजनीतिमा लगातार तेस्रो कार्यअवधि पुरा गरिरहेको छ । काँग्रेस आई उठ्न नसक्ने स्थितिमा छ ।
हालका दिनहरुमा उचित सल्लाह र सूझाव दिने पात्रलाई उपेक्षा गरिन्छ , निषेध गरिन्छ । आफ्ना स्वार्थ अनुकुलका र भजनमण्डलिको घेराभित्र रहेर शासन गरिने संस्कारको विकाश हुनु दुःखद् कुरो हो ।

जनताका बिभिन्न कोणबाट उठेका आवाजहरुको सम्बोधन गरिनु पर्छ । आसन्न निर्वाचनमा दलहरुसँग ती आवाज सम्बोधन गर्ने एजेण्डा के के छन् ? हिन्दुराज्य र संवैधानिक राजसंस्थाका सम्बन्धमा दलको धारणा के ? सेतो हात्तीको रुपमारहेको प्रदेश सरकारका सम्बन्धमा हेर्ने दृष्टिकोण कस्तो छ?शासकीय स्वरुपकाबारे उठेको आवाज सम्बोधन गर्ने या नगर्ने? उच्चशिक्षा साथै दिगो रोजगारी श्रृजना गरि बिद्यार्थी युवाहरूलाई स्वदेशमै ब्यवस्थापन गर्ने र भ्रष्टाचार नियन्त्रण गरि सुशासन बहाल गर्ने बारे दर्विलो बिश्वास दिलाउने अवधारणा कस्ता छन ? यावत बिषयमा स्पष्ट दृष्टिकोण र एजेन्डा बारे जनतालाई विश्वस्त बनाउनसक्ने आधार के छ ? पार्टीको निति तथा कार्यक्रममा स्पष्ट धारणा सार्वजनिक हुन पर्छ ।

दक्षिण अफ्रिकामा स्वेत सरकारका बिरुद्धमा रंगभेद नितिको लडाइँमा रहेका नेल्शनमण्डेलालाई गोरा सरकारले २७ बर्ष जेलमा कैदगरेको थियो तथापि आन्दोलन सफल भएसँगै उनले सहिष्णुता देखाएर तत्कालीन श्वेत राष्ट्रपतिलाई उनिपछि दोश्रोस्थान दिएर अन्तरिम सरकार गठन गरेर निर्वाचन गराए ।उनको दलको पक्षमा बहुमत जुट्यो उनी राष्ट्रपति बने । एक कार्यकाल पुरागरि बिना लालच दोस्रो पुस्तालाई हस्तान्तरण गरेका उदाहरण छन। बिडम्बना हाम्रो मुलुकमा भने आफू र आफ्ना बाबु बाजेको बपौति ठान्ने र निरन्तर ब्याज पाउनुपर्ने मानसिकता हावी भएका कारण राजनिती धुमिल भयो । अब सुधार हुनैपर्छ ।

साथै नयाँ दलहरू पनि स्पष्टहुन जरुरी छ ।विचार ,राजनीतिक सिद्धान्त , उद्देश्य , लक्ष, बिश्वसनियता , भविष्यका कार्यक्रम का दस्तावेज प्रस्तुत गर्नैपर्छ । योजना बिनाका पार्टी भरोसा युक्त नहुन सक्छ । पार्टीको दृस्ठिकोण स्पष्ट हुन पर्छ अनि मात्र जनताले बिश्वास गर्नसक्छन् । विचारले दिशानिर्देश गर्दछ कार्लमार्क्सले समाजवाद दिए , महात्मा गान्धीले स्वाभिमान र स्वतन्त्रता दिए ।

राजा महेन्द्रले पंचायती ब्यवस्था दिए , वी पी कोईरालाले प्रजातान्त्रिक समाजवाद दिए , मदन भण्डारीले जनताको बहुदलीय जनवाद दिए , यसरी नै महर्षि वेदव्यासले वेद दिए जुन हिन्दु धर्मको मूलग्रन्थ रहेको छ। महर्षि दयानन्द सरस्वतीले वैदिक संस्कार पद्धतिको प्रतिपादन गरे , आदिगुरु शंकराचार्यले हिन्दु संस्कार दिए , महात्मा बुद्धले शान्तिको सन्देश दिए , ईशुकृष्टले जीवन पद्धतिको छुट्टै मार्ग छ भन्ने भाष्य दिए। नयाँहरुले पनि बिचार दिन सक्नुपर्छ , बिचार अनुशरण युक्त , भूराजनीतिक परिवेश र आम नागरिकको चाहना अनुरुपको हुनपर्छ ।

भर्खरै जेन जी युवाहरूको विद्रोहले देशै विक्षिप्त बनेको छ। उनिहरुले जुन सोच र लक्ष लिएर आन्दोलन गरेका थिए ती सबै पुरा होलान् ? यस्तो विषम परिस्थितिमा सबैको चेत फिर्नअब ढिला नहोस् । धन्यवाद
७२ ओं बसन्त को शुभारम्भ सँगै शुभेच्छा सहित ।

(माथिका विचार लेखकका निजिहुन् )
मेचिनगर ४ बाहुण्डाँगी
झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button