खबर

पक्राउ परेपछि रमेश लेखकले भन्नुभयो : राजनीतिक र कानुनी दुवै लडाइँ लड्न तयार छु

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो पक्राउलाई ‘राजनीतिक पूर्वाग्रह र प्रतिशोध’ भएको बताउनुभएको छ । शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ परेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

पक्राउपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लेखकले आफूविरुद्धको कारबाही अस्वाभाविक भएको दाबी गर्नुभयो ।

“राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको छ, यसको राजनीतिक र कानुनी दुवै लडाइँ लड्न तयार छु,” उहाँले भन्नुभयो । साथै, मन्त्रिपरिषद्को निर्णयबाट व्यक्तिलाई पक्राउ गर्ने अभ्यास सुरु गरिएको आरोप लगाउँदै उहाँले यसलाई कानुनको मजाक उडाउने कामको रूपमा व्याख्या गर्नुभयो ।

यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो गिरफ्तारी प्रतिशोधपूर्ण भएको बताउनुभएको छ । उहाँले कानुनी आधारबिनै आफूलाई नियन्त्रणमा लिइएको दाबी गर्दै अदालतमार्फत चुनौती दिने तयारी गरेको बताउनु भएको छ ।हिमालय टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button