खबरहेड लाइन

एमालेले भन्यो : अध्यक्ष ओली पक्राउ पर्नु राजनीतिक प्रतिशोध हो

काठमाडौँ । नेकपा (एमाले)का केपी शर्मा ओलीको पक्राउसँगै नेपाली राजनीतिक वृत्त तातेको छ। एमालेले यस कदमलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै कानुनी र राजनीतिक दुवै मोर्चाबाट प्रतिवाद गर्ने संकेत दिएको छ।

पार्टीका सचिव महेश बस्नेतले कुनै ठोस कानुनी आधारबिनै पार्टी अध्यक्षलाई पक्राउ गरिएको आरोप लगाउनुभयो । उहाँले यस्तो कदम लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गर्दै अब अदालतमार्फत यसको प्रतिवाद गरिने स्पष्ट पार्नुभयो । “यो सरासर प्रतिशोध हो, हामी कानुनी रूपमा लड्छौं,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको हो। उक्त कारबाही जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अघि बढाइएको बताइएको छ।हिमालय टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button