खबरहेड लाइन

‘मलाइ अलि ठुलो जिम्मेवारी भयो तर म सक्छु’

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताएकी छन् ।

उम्मेद्वारी दर्तापछि बिहीवार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले आफूलाई ठूलो जिम्मेवारी दिएपनि पूरा गर्नसक्ने बताइन् ।

उनले देशको लागि आफूले सकेको सबै गर्ने बताइन् । उनले भुँईको मान्छेलाई पार्टीले यतिछिट्टै ठूलो तहमा पु¥याएको पनि उल्लेख गरिन्। ‘म अध्यक्षज्युलाई पनि धन्यवाद भन्न चाहन्छु, म भुँईको मान्छेलाई यति माथीसम्म पु¥याउनु भयो । मैले कल्पना पनि गरेको थिएन, यहाँसम्मको लागी । मलाई खुशी लागिरहेको छ, मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु । म देशलाई चाहिने सबैथोक गर्छ, सधै साथ दिन्छु’ उनले भनिन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई समर्थन गरेर सरप्राईज दिएको दिएको उनको भनाई छ । उनले मधेशको छोरीलाई अगाडी बढाउन उनिहरुले सहयोग गरेको हुनसक्ने बताइन् । ‘रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरुले पनि समर्थन गरेर सरप्राईज दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु । म मधेसको छोरी हो, मधेसको छोरीलाई अगाडी बढाउन उहाँहरुले सहयोग गर्नुभएको होला’ उनले भनिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button