
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले बर्नलीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा चेल्सीले बर्नलीमाथि ३–० को सानदार जित हात पारेको हो ।

चेल्सीको जितमा जर्गिन्हो, टम्मी अब्राहम र कलुम हड्सन ओडोइले गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो। खेलको २७औं मिनेटमा नै जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । म्याथ्यु लोटनले विलियनलाई लडाएपछि प्राप्त पेनाल्टीलाई जर्गिन्होले सदुपयोग गरे ।
३८औं मिनेटमा रिस जेम्सको पासमा टम्मी अब्राहमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४९औं मिनेटमा कलुम हड्सन ओडोइले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।
घरेलु मैदानमा चेल्सीले बर्नलीलाई लगातार दवावमा राखेपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–० ले विजयी हुन सफल भयो । जितसँगै चेल्सी २२ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा यथावत छ । पराजित बर्नली २४ अंकसहित १५औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टर सिटी घरेलु मैदानमै साउथह्याम्पटनसँग २–१ ले स्तब्ध बनेको छ । लेस्टरले घरेलु मैदानमा शुरुवाती अग्रता लिएर पनि पराजित हुन पुगेको हो ।

यससँगै साउथह्याम्पटनले पहिलो राउन्डमा भोगेको ९–० को फराकिलो हारको बदलासमेत लिन सफल भएको छ । लेस्टरले गत अक्टोवरमा भएको खेलमा लेस्टरलाई उसकै मैदानमा ९–० को हार चखाएको थियो ।
१४औं मिनेटमा डेनिस प्राइटले गोल गर्दै लेस्टरलाई अघि बढाएका थिए । १९औं मिनेटमा स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए । ८१औं मिनेटमा ड्यानी इंग्सले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा २–१ ले अघि बढाए । ९०औं मिनेटमा जोनी इभान्सले गोल गरेपनि भिएआरको मान्यता नपाउदा पराजित हुन पुग्यो ।

प्रिमियर लिगमा लेस्टरको यो पाँचौ हार हो । हारपछि पनि लेस्टर २२ खेलबाट ४५ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४४ अंक छ । लेस्टरलाई हराएको साउथह्याम्पटन २८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।hamrokhelkud



