खेलकुद

महिला भलिबलको विश्व वरियतामा नेपालको ठूलो छलाङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली पहिलोपटक विश्व वरियताको ८७ औं स्थानमा रहेको छ ।अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) ले यस वर्षको लागि सार्वजनिक गरेको वरियता क्रममा नेपाल ८७ औं पर्न सफल भएको हो ।

यो नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो । वर्ष भरको प्रदर्शका आधारमा वरियता निर्धारण गरिएको एफआइभिबीको बेभसाइटमा उल्लेख छ । अघिल्लो वर्ष नेपाल १ सय २१ औं स्थानमा थियो । वरियता क्रममा नेपालको ५७ अंक छ ।

छिमेकी प्रतिद्धन्द्धी भारत ९७ अंकसहित ५४औं स्थानमा छ । इरान ८९ अंकसहित ६३औं स्थानमा छ । श्रीलंका ७९ अंकसहित ७१आं स्थानमा छ । ५० अंक रहेको अफगानिस्तान १२१औं स्थानमा छ । बंगलादेश, भुटान पाकिस्तान, किर्गिस्थान, मंगोलिया, फिलिपिन्स उज्वेकिस्तान र तुर्केमिनिस्तानको समान ५० अंक छ ।

३ सय ९१ अंक रहेको चीन विश्व वरियताको शीर्ष स्थानमा छ । ३ सय ८२ अंकसहित अमेरिका दोस्रो स्थानमा, ३ सय २८ अंक जोड्दै ब्राजिल तेस्रो स्थानमा छ । इटाली, टर्की, सर्विया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन् ।

नेपाली महिला भलिबल टोलीले पछिल्लो समयमा लगातार उच्च प्रदर्शन गरिरहेको छ । कात्तिकमा बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएके थियो ।

मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पटक रजत पदक जितेको थियो । नेपाली टोली फाइनलमा भारतसँग पराजित भएको थियो । यसअघि तीन पटक कास्य पदक जितेको नेपालले सागमा पहिलो पटक रजत पदक जितेको थियो ।

पुरुषतर्फ ५० अंक रहेको नेपाल १ सय ३८औं स्थनमा छ । पुरुषतर्फ ब्राजिल ४ सय २७ अंकसहति शीर्षस्थनमा छ । पोल्यान्ड, अमेरिका, रुस, अर्जेन्टिना, फ्रान्स, इटाली, इरान, जापान र क्यानडा शीर्ष १० भित्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button