
एजेन्सी – म्यानचेस्टर युनाइटेड र वल्भ्सले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टरले वाटफोर्डलाई तथा वल्भ्सले नर्विच सिटीलाई समान ३–० ले पराजित गरेको हो ।
ओल्डट्राफोर्डमा म्यानचेस्टरको सानदार जितमा ब्रुनो फर्नान्डेज, एन्थोनी मार्सियल र मासन ग्रीनवुडले गोल गरे । वाटफोर्डलाई दवावमा राखेपनि घरेलु टोलीले गोलको लागि ४२औं मिनेटमा पेनाल्टीको साहरा लिनुपरेको थियो ।
४१औं मिनेटमा ब्रुनो फर्नान्डेजलाई गोलरक्षक बिन फोस्टरले खराव ट्याकल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । जसलाई ब्रुनो आफैले सदुपयोग गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । मार्सियलले ५८औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ७५औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै टोलीको जित पक्का गरे ।

जितसँगै म्यानचेस्टर लिगको पाँचौ स्थनमा उक्लन सफल भएको छ । युनाइटेडको २७ खेलबाट ४१ अंक पुगेको छ । वाटफोर्ड २४ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ । अर्काे खेलमा वल्भ्सले नर्विच सिटीमाथि ३–० को सहज जित निकाल्यो । वल्भ्सको जितमा डिएगो जोटाले दुई तथा राहुल जिमिनेजले गोल गरे । जितसँगै वल्भ्स ३९ अंक जोडेर आठौं स्थानमा यथावत छ ।
अर्काे खेलमा आर्सनलले एभर्टनमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ । आर्सनलको जितमा पिएरे इम्रिक औवामियाङले दुई तथा इडवार्डले एक गोल गरे । एभर्टनका डोमिनिक कल्भर्ट लेविन र रिचार्लीसनले गोल गरे । जितसँगै आर्सनल २७ खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लदा एभर्टन ३७ अंकसहित ११औं सथानमा रहेको छ ।hamrokhelkud



