सोह्र बर्ष अघि वाल, वाल बचेको यहिं ठांऊ आज झल्याँस्स भएँ
कमल मिश्र
आजभन्दा ठीक सोह्र वर्ष अघि म यहिं ठाउँ बागवजार को ब्यक्त सडक पद्मकन्या क्याम्पस अगाडि रातको १०बजे करिव एकसयको संख्याका रात्रीकालिन आतङ्कवादी को आक्रमण वाट वाल वाल बचेको थिए र आज मंगलवार सांझ एकसुरले हिँडिरहँदा त्यहिं पुगेपछि झल्याँस्स हुन पुगे।ँ
वास्तवमा सरकार माओवादी द्धन्द्ध चरम उत्कर्ष मा पुगेको त्यो समयमा पहिलो संकटकालमै यातना र जेल वसाईले थिल थिल शरिर लिएर अनि दोस्रो संकटकालमा झापावाट सुरक्षाकर्मी को थ्रेट छल्न भागेर काठमाडौं छिरेको मलाई बागबजार को यो पिस्केस् क्याम्पस अगाडि गल्लीमा करिव एकसय वटा भुस्याहा कुकुरले रातको १०बजे आफ्नो आहार वनाउन खोजेका थिए र कुत्ता को घेराउमा म परेको थिए।
घटना यस्तो थियो ।
राजधानी काठमाडौं बाट हरेक सोमवार प्रकाशित हुने अखवार साँघु साप्ताहिक मा समाचार बनाउने जिम्मेवारी पाएको मैले त्यो आईतवार को मध्यरातमा भोलिपल्ट का लागि सबै समाचार फाईनल गर्दै प्रिन्ट आउट पछि छापिने प्लेट वनाउनर पत्रिका छाप्न हालको यति प्लाजा भित्रपट्टि रहेको शिवसक्ति अफसेट प्रेसमा आउनू पर्ने थियो। सधै १०बजे नै समाचार फाईनल गरेर गल्फुटार निवास तर्फ जानूहुने सम्पादक आदरणीय गोपाल वुढाथोकी दाई त्यसदिन घर के पुग्नू मात्र भ एको थियो। वाहिरी पृष्ठ का समाचार फेर्नुपर्ने भयो। कारण तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री का लागि दरवारमा आवेदन आह्वान गरेभने अर्कातर्फ अमेरिकी फोर्स ले बंकरमा बसेर जिहाद छेडिरहेका अपदस्थ ईराकी राष्ट्रपति श्रद्दाम हुसेन लाई गिरफ्तार गरेको समाचार पौने११राती वाहिरियो। महत्त्वपूर्ण यी दुई समाचार मध्ये प्रधानमन्त्री को टेन्डर वारे केही को नाम दिदै समाचारको गाईडलाईन घरवाटै गोपाल दाईले बताउनू भयो भने आफ्नै मनोपली हिसावले देशभक्त अरव योध्दा उपमा दिदैं मैले हुसेनको समाचार वनाएं। अहिले जस्तो आई टि छताछुल्ल नभ एको त्योवेला कलमको सहाराले समाचार लेखेर कम्प्युटर टाईपिष्ट भाई दिपक अधिकारी लाई समाचार रि सेट्टिङ्ग गर्न भनेपछि उनले झर्को फर्को गर्दै १२४५ बजे समाचार को प्रिन्ट दिए र भक्तपुर बस स्टेन्ड नजिकको हिमशिखर लज भ एको घरभित्र कार्यलय थियो साँघु को उनि कुम्लि परेर कम्प्युटर रूम मै सुते। म भने समाचार सामग्री बोकेर केवल ८००मिटर को दुरीमा पर्ने शिवसक्ति प्रेसतिर बागवजारको मुख्य मार्ग हुदै लागे। सुनसान सडक जव हातमा प्रिन्टेट रोल वोकेर पद्मकन्या कलेज अगाडि मात्र के पुगेंथे फोहोरमा खानेकुरा खोजिरहेका दुई कुकुर आएर मेरै अगाडि हु हु गरेर दुईखुट्टा मात्र टेकेर उभिए भने दुई कुत्ताको आवाज सुनेर रत्नपार्क देखि पुतलीसडक सम्मका हा हामजाक है एक वटालिएन कुकुरले मलाई तुरुन्तै घेरेर यता उता चटपटाएमात्र टोकिहाल्ने अवस्था आईलाग्यो त्यतिवेला। सुनसान सडक म अक्क न बक्क नर्के खिच्चाले सातो पुत्लो लिईहाले। तर संकटमा भगवान आएजस्तै भ ए त्यत्तिवेला एक ट्याक्सी चालक होटल याकिन यति मा पाहुना पुर्याएर फर्कदै गरेका चालक ले कुकुरको हुलमै सिधै हर्न बजाउदै ट्याक्सी ले पेल्न लागेपछि कुकुरहरु भाग्न थाले भने मलाई कहाँ जाने भनेर सोधेपछि तीनसय मिटरको दुरीमा मात्र रहेको प्रेससम्म उनले ट्याक्सी मै राखेर पुर्याई मध्यरातमा कुकुरहरुको खाजाहुन बाट जोगाईदिए। पढदा र सुन्दा सामान्य अनि हाँसि मजाक जस्तो लाग्ने यो घटना मा म पर्नु अगाडि काठमाडौं कै कलंकी मा एक रात्री पैदल यात्रु लाई भुस्याहा कुकुर ले टोकी टोकी मारेको समाचार आएको थियो भने आजकल समेत अब्यवस्थित रुपमा रहेका यस्ता कुकुरहरुको हुल बाट रात्री कालमा हिडनेलाई काठमाडौं तिर धेरै खतरा रहेको वताईन्छ। सरकार र काठमाडौं महानगरपालिका ले सडक लाई भिखारी र मगन्ते एवं सहाराविहिन सुन्य बनाएर राम्रो कामको थालनी गरेपनि शहरमा हुने यस्ता भुस्याहा कुकुर को आतंकतिर आजसम्म कसैको ध्यान ग एको देखिदैन। जव फाल्गुण १३गते मंगलवार म आफ्नो कामसकेर सांझ पख भक्तपुर निवास फर्किनेगरी बागवजारमा बस चडन जव आए पद्म कन्या क्याम्पसको गेटमा आएपछि सोह्र वर्ष पहिलेको घटना एक्कासि संझिएर झल्याँस्स हुन पुगे।त्यसैले अनुरोध छ सरकारलाई कि सरकारले सडकमा छोडिएका यस्ता हिस्रक चौपाया हरुको समुचित व्यवस्थापन गरिदिए मानिसहरु बाक्लो शहर काठमाडौं लगायतका का सडकमा रातभरी हिडन पाउँथे कि?आखिर काम विशेष ले नै राती हिडदा राजाको खोकाई ( हुसेन को लुकाई र कुकुरको भुकाई को फेला त म फरे नि हजुर हैन र?



