खबर

भीम बचाउ अभियान मलेसियाबाट ६० हजार आर्थिक सहयोग

होमराज राई
मेचीनगर ।

मोटरसाइकल दुर्घटनामापरी गम्भिर घाइते भएका उदयपुर चौडण्डीगढी नगरपालिका वडा नं.३ भोर्लेनीका भाीम राईको उपचारका लागि मलेशिया कार्यरत बिजय दुमी राईको अगुवाईमा संकलन गरिएको उपचार सहयोग रकम भीमका परिवारले प्राप्त गरेकाछन् ।


बिजयको अगुवाईमा भीमको उपचारका लागि पठाईएको ६० हजार ५१ रुपैयाँ पाएको भीमकी श्रीमती ज्ञानु राईले बताईन् ।गत माघ २५ गते मोटरसाईकल दुर्घटनामा परेर गंभीर घाईते बनेका राईको अहिले बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको छ । आफ्नो श्रीमानको उपचारमा सहयोगका लागि फेसबुक मार्फत अपिल गरेकी उनकी श्रीमतीको सहयोग अपिलका कारण मलेशियामा कार्यरत बिजय र उनका साथीहरुको संयुक्त पहलबाट उपचारका लागि सो रकम पठाईएको थाहा भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button