खबर

मेचीनगरको नगरसभा शुरु

मेचनगर / मेचीनगर नगरपालिकाको पाँचौ नगरसभा वैठक शुक्रबारबाट शुरु भएको छ ।

मेचीनगर नगरपालिका नेपाल तथा फक्सटन नगर परिषद् बेलायतको मेत्री नगर सभाहलमा १ नम्बर प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र जिल्ला समन्वय समिति झापाका सदस्य गंगा कार्कीले कार्यालय परिसरमा ५ वटा रुद्राक्षको बोट रोपेर सभाको संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।
नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले दिएको जानकारी अनुसार उद्घाटन सत्रमा नगरउपप्रमुख उप्रेतीले विधेयक सम्बन्धि नीति प्रस्तुत गरे । उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा २० बमोजिम नगरपालिकाको शिक्षा क्षेत्रको व्यवस्थापन र सञ्चालनका लागि शिक्षा विधेयक २०७६ तथा स्थानीय स्तरमा सञ्चालन हुने गैर सरकारी संघ–संस्थाको सञ्चालन र व्यवस्थापनका लागि संस्था दर्ता विधेयक २०७६ नगर सभामा स्वीकृतिका लागि पेश गरेका थिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ बमोजिम स्वीकृत नगरपालिका कार्यसम्पादन नियामावलीको नियम १५ घ बमोजिम गठित विधेयक समितिकातर्फबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २० बमोजिम विभिन्न विधेयक मस्यौदा तयार गरी आगामी नगरसभामा पेश गर्ने उनले जानकारी दिए ।
आगामी नगर सभामा आगामी नगर सभामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ उपदफा २ ध १ स्थानीय खानेपानी सम्बनिध नीति, कानून मापदण्ड योजना कार्यान्वयन र नियमन ा लागि खानेपानी प्राधिकरण विधेयक र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ उपदफा ५ क भूमि व्यवस्थापन को ३ स्थानीयस्तरमा अव्यवस्थित बसोवास व्यवस्थापनका लागि अव्यवस्थित बसोवास व्यवस्थापन विधेयक रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हरेक जनप्रतिनिधिहरुले जनताप्रति जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए । उनीहरुले कुनै पनि योजना शक्ति र आस्था विचारले भन्दा पनि प्राथमिताका आधारमा निर्माण गर्नुपर्नेमा जोड दिए । आगामी दिनमा मेचीनगरलाई कस्तो नगरका रुपमा निर्माण गर्ने त्यसको प्रोफाइल तयार गरेर नगरको विकासका लागि सवै एकजुट हुनुपर्ने उनीहरुको भनाई थियो ।
नगरप्रमुख विमल आचार्यले कार्यक्रमको सभापतित्व गर्दै मेचीनगर नगरपालिकालाई समृद्घ बनाउन हरेक जनप्रतिनिधिहरु एक भएर अघि बढ्नुपर्ने बताए । अहिले नगरका जनप्रतिनिधिहरुले गरेको कामको समीक्षा र मुल्याङ्कन ५ वर्षपछि हुने भएकाले आफ्नो जिम्मेवारी नविर्सी अघि बढ्नुपर्ने समय आएको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग सञ्चालन तथा उपप्रमुख मिना पोखरेल उप्रेतीले स्वागत गरेकी थिइन् । कार्यक्रममा मेचीनगर ८ वडाका वडा सदस्य गंगा पाठक र ५ नम्बर वडाका वडा सदस्य दुर्गा देवकोटाले आ–आफ्नो विचार राखेका थिए ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button