मूल खबर

झापामा तीनदर्जन नेता कार्यकर्ताले छाडे राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त

फाइल फोटो

२४ साउन २०७७

मेचीनगर साउन ÷ राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्य समिति झापाका पदाधिकारीसहित तीनदर्र्जन नेता कार्यकर्ताले शनिबार पार्टी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका छन् ।

अध्यक्ष ओमप्रकाश मिश्र, उपाध्यक्ष चन्द्रबहादु योङ्या, सचिव निरबहादुर नेत्र कार्की, सहसचिव युद्घप्रसाद लामिछाने, प्रवक्ता लक्ष्मीप्रसाद ढकाल, कोषाध्यक्ष कुलबहादुर धिमालसहित २७ जना पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको प्रेस विज्ञप्ती मार्फत घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा २० जना सदस्यहरु समेत रहेका छन् ।

सचिव निरबहादुर नेत्र कार्कीका अनुुसार १ देखि ५ नम्बर क्षेत्रका क्षेत्रीय अध्यक्षहरु क्रमस प्रदिप राजवंशी, मनहरी चौलागाईँ, साहिला हेमरम, केशव राजवंशी, र भुवन बुढाथोकीले समेत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।

पुर्व पञ्च डाक्टर प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर जवरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक एक भएर राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बनेको थियो । केह िदिनअघिमात्र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालसँग पार्टी एकीकरण भएको छ । पार्टी एकीकरणपछि झापा जिल्लामा राप्रपा नेपाल र राप्रपा संयुक्तको एकीकरणको तयारमिा थियो । तर, दुवै पार्टीबीच नेतृत्व लिने कुरामा कुरा नमिल्दा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्य समिति झापाका पदाधिकारीसहित २७ जनाले शनिबार पार्टी परित्याग गरी स्वतन्त्र बस्ने निर्णय गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त समसामयिक राजनीतिमा परिवर्तनलाई आत्मसाथ गर्न नसकेको र पार्टी पंक्तिमा अनुशासन र बैचारिक सिद्घान्त स्खलन भई प्रजातान्त्रिक कुल्य र मान्यता शुन्य प्रायः भएको अनूभुतिले आदर्श र सिद्घान्तबाट विमुख भएर विचलन हुन गएको हुँदा नमिल्दा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्य समिति झापासहित क्षेत्रयि समिति समेतका पदाधिकारीहरुले पार्टी परित्याग गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

समाचार स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका सवै नेता कार्यकर्ता नेपाली काँग्रेस प्रवेशको तयारीमा रहेको दाबी छ । तर, पार्टी परित्याग गरेका सवैले यसबारेमा बोल्न चाहेका छैनन् । केही दिनअघिमात्र सुनिलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनलाई नेपाली काँग्रेसले केन्द्रीय सदस्यको जिम्मेवारी समेत प्रदान गरेको छ । तर उनको काँग्रेस प्रवेश र केन्द्रीय सदस्य प्राप्त गरेपछि नेपाली काँग्रेसभित्र विवाद सम्म चर्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button