खेलकुद

रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

आइतवार, पुस १९, २०७७

एजेन्सी – सेल्टा डि भिगोमाथि २–० को सहज जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

रियलले शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई १ अंकले पछि पारेको हो । यद्दपि रियलले एट्लेटिकोले भन्दा ३ खेल बढी खेलेको छ । रियलको १७ खेलबाट ३६ तथा एट्लेटिकोको १४ खेलबाट ३५ अंक छ । पराजित सेल्टा २३ अंकसहित आठौं स्थानमा छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा रियलको जितमा लुकास भाज्क्वेज र मार्काे एसेन्सियोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो ।

खेलको छैटौ मिनेटमा नै लुकास भाज्क्वेजको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । काउन्टर अट्याकमा मैदानको मध्यभागबाट मार्काे एसेन्सियोले बल अघि बढाउदै दिएको क्रस पासलाई भाज्क्वेजले क्लोज रेन्जबाट हेडरमार्फत बललाई जाली चुमाएका थिए । ३६औं मिनेटमा करिम बेन्जेमाले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो ।

५३औं मिनेटमा भाज्क्वेजको पासमा एसेन्सियोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ६३औं मिनेटमा टोनी क्रुसको पासमा बेन्जेमाले अर्काे सुवर्ण अवसर गुमायो । ८९औं मिनेटमा बेन्जेमाको अर्काे अवसरलाई सदुपयोग गर्न सकेन ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बाइजाको क्रसमा सान्टी मिनाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरे । खेलमा पछि परेको सेल्टाले बल पोसेसनमा पकड बनाएपनि रियलको रक्षापङ्पति तोड्न सकेन ।

कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसको अनुपस्थितिमा नाचो फर्नान्डेजले आफ्नो जिम्मेवारी उत्कृष्ट रुपमा निभाए । यस खेलमा मार्सेलोलाई विश्राम दिएर फर्लान्ड मेन्डीलाई अवसर दिइएको थियो । इडेन हाजार्ड र भिनिसियस जुनियरले दोस्रो हाफको अन्त्यतिर अवसर पाएको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button