खेलकुद

टोटेनहम कारावाओ कपको फाइनलमा

बुधबार, पुस २२, २०७७

एजेन्सी – च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब टोटेनहम हस्टपर इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि २–० को सहज जित हात पारेको हो । टोटेनहमको जितमा मोउसा सिस्सोको र ह्युङ मिन सनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल निस्किएको थियो ।

खेलको १२औं मिनेटमा नै सिस्सोकोको गोलबाट टोटेनहमले खेलमा अग्रता लिएको थियो । उनले सर्जिया रिगुइलोनको पासमा गोल गरेका थिए । ७०औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २–० को सहज जित दिलाए । सनले टांगी एनडोम्वेलेको पासमा गोल गरेका थिए ।

८४औं मिनेटमा ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो । पिएर इमिल होब्जजर्गमाथि गम्भीर ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै जोसुवा डासिल्भालाई सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिर पठाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा ब्रेन्टफोर्डले पनि केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा फाइनल पुग्नबाट वञ्चिन हुन पुग्यो ।

अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर ‘डर्वी’ अर्थात म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीच आज राति ओल्डट्राफोर्डमा प्रतिस्पर्धा हुदैछ । फाइनल २५ अप्रिलमा हुनेछ ।

टोटेनहम १३ वर्षयता उपाधि विहीन छ । २००८ मा लिग कप जितेयता टोटेनहमले त्यसपछि चारपटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन । टोटेनहम लिग कप र च्याम्पियन्स लिगको फाइनलमा पुगेपनि उपाधि जित्न सके । २०१७ मा प्रिमियर लिग टोटेनहम उपविजेता बनेको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button