मूल खबर

संसद विघटनका मुद्दामा अर्को सुनुवाइ आउने बुधबार हुने

२२ पुष २०७७, बुधबार
न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा विघटनबिरुद्ध परेका रिट निवेदनको सुनुवाई आउने बुधबार हुने भएको छ । आजको सुनुवाई स्थगित गर्दै अर्को सुनुवाईका लागि अर्को बुधबार अर्थात् यही २९ गते हुने निर्णय भएको हो ।

आजको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेशी तोकिएको थियो ।

केही अधिवक्ताहरुले यी मुद्दाहरू वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए। आउने बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ। यस्तै आज न्यायाधीश हरिकृष्ण कार्कीले अबदेखि आफू यो मुद्दाको इजलासमा नबस्ने निर्णय गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button