

कमलप्रसाद मिश्र
तस्माद् गुरुं प्रपद्देत जिज्ञासु श्रेय उत्तमम्।
शाब्दे परे च तिष्णातं ब्रह्हाष्युपशमाश्रयम्।।
शास्त्र शिरोमणि श्रीमदभगवद को एकादश स्कन्द, तेस्रो अध्यायको एक्काइसौं श्लोक मा वताईए अनुसार जीवात्मा लाई परमात्मा अर्थात भगवान संग साक्षात्कार गराउन सक्ने भक्तिरस द्वारा ओतप्रोत भगवद स्वरुप शोत्रिय, ब्रम्हनिष्ठ सदगुरुदेवका श्रीचरणमा जगदगुरूत्तम जयन्ती का रुपमा समेत परिभाषित आजको दिब्य दिन मकर संक्रान्ति को पावन अवसरमा सतकोटी प्रणाम नमन अर्पण गर्दै यो आलेख मार्फत तपाई सम्पूर्ण सदगुरु चराणानुरागी महानुभाव प्रिय जनहरुमा जगदगुरूत्तम दिवस मकर संक्रान्ति को भक्तिमय शुभकामना व्यक्त गर्दछु ।
प्रिय तत्व जिज्ञासु धर्मानुरागी महानुभाव,
संस्कृत भाषा को बिभक्ति अनुसार गुस्को अर्थ अन्धकार अनि रूस्भन्नाले प्रकाश अर्थ लाग्ने हुँनाले अन्धकार बाट उज्यालो प्रकाश तिर लैजाने अर्थात अध्यारो संसारवाट प्रकाश रुपी भगवान तर्फ जीवात्मा लाई ज्ञान दिएर पुर्याउने स्शोत्रिय (सवै शास्त्र को ज्ञाता० र ब्रम्हनिष्ठ )आँफैले भगवान लाई प्राप्त गरिसकेको० ब्यक्तिलाई मात्र गुरु मानिने भ एकाले आजको जगदगुरूत्तम दिवस म भन्न चाहन्छु कि गुरु बनाउँदा ध्यान दिन जरुरी छ११यसै हल्का फुल्का रुपमा जो पायो त्यसलाई गुरु धारण गरेर पूँजन गर्नुलाई परमार्थ मानिदैन। कान फुकेर, मन्त्र दान गर्ने, बिद्यालय र कलेजमा अध्यापन गराउने, आशिर्वाद दिने श्रापदिने आदिलाई हाम्रा सनातन शास्त्र ले वास्तविक गुरु नमानी भगवदीय ज्ञान दिएर मायिक जीवात्मालाई परमात्मा संग पुर्याउने प्राक्टिकल र थेयुरिटिकल ब्यक्तित्व लाई गुरु परिभाषित गरिदिएकाले हामीले आज को जगदगुरूत्तम दिवस मा मान्नुपर्ने गुरु पनि आत्म कल्याण रुपी हुन जरुरी छ भन्ने कुरा कदापी भुल्नू हुदैन हैं।
प्रिय महानुभाव,
त्यसैले जगदगुरूत्तम दिवस मोटर संक्रान्ति को यो अवसरमा म यहाँहरुलाई हाम्रो सनातन धर्म मा गरिएको गुरु परम्परा को इतिहास छोटकरीमा वताउने अनुमति चाहन्छु।
यसरी ईतिहास हेर्दा त भगवान श्री कृष्ण लाई नै जगद्गुरु शब्द ले सम्बोधन गरिएको पाईन्छ। जस्तै स्कृष्णं वन्दे जगदगुरूम भनेर तर
त्यसपछि सुरुभ एको वर्तमान कलियुगमा मा भने हालसम्म केवल भगवान का गुरुरुपी पाँच अवतार लाई मात्र जगद्गुरु पदवी प्राप्त भ एको छ र उहाँ हरु हुनुहुन्छ भगवान शिवका अवतार आदि जगदगुरु श्री शंकराचार्य, पुर्ववर्ती जगदगुरु श्री रामानुजाचार्य, तृतिय जगद्गुरु श्री निम्वार्काचार्य र आज भन्दा सातसय बर्ष पुर्वका चतुर्थ जगदगुरु श्री माध्वाचार्य जी, पश्चात सातसय बर्ष सम्म खाली रहेको जगद्गुरु आशनमा पंचम मूल जगद्गुरु रुपमा श्री कृपालु जी महाराज लाई पूर्ववर्ती चार आचार्य हरुभन्दा पनि उत्तम भन्दै जगदगुरुत्तम पदवी द्वारा आजकै दिन १४ जनवरीमा विभुसित गरिएका ले आज को पावन पवित्र एवं दिव्य दिन श्री मकर संक्रान्ति
को अवसरमा तपाई सदगुरुदेव प्रेमानूरागी महानुभाव लाई जगद्गुरुत्तम श्री कृपालु जी महाराज वारेको संक्षिप्त जानकारी प्रस्तुत गर्ने अनुमति चाहन्छु।।
श्रीमत्पदवाक्यप्रमाणपारावारावारीण,
, निखिलदर्शनसमन्वयाचार्य,
सनातनवैदिकधर्मपतिष्ठापनसत्संप्रदायपरमाचार्य,
भक्तियोगरसावतार, भगवदनन्तश्रीविभूषित
जगदगुरु १००८
स्वामी श्री कृपालु जी महाराज
विष्वकै गुरूकुल बाणारसी अर्थात काँशीका प्रकाण्ड बिद्वान हरूको महा सभा काँशी बिद्वत परिषद द्वारा सन १९५७को मकर संक्रान्ति १४जनवरी का दिन माथिका शास्त्रपरक आलंकार सहित इतिहासकै उत्तम गुरु जगदगुरूत्तम पदबी द्वारा बिभुसित विस्वका पंचम मूल जगद्गुरू एवं २१औ सताब्दीका बिश्व बिख्यात आध्यात्मिक प्रकाश पुंज श्री कृपालु जी महाराज प्रति मकर संक्रान्ति १४जनवरी को यो पावन अवसरमा श्री हरिगुरु भक्तिको अभिछिन्न याचना सहित तपाई हामी सबै को तर्फवाट सतकोटी प्रणाम नमन अर्पण गर्दै सबैमा गुरु भक्तिको हार्दिक शुभकामना व्यक्त गरौ।यस्ता सर्वश्रेष्ठ गुरु को सम्पूर्ण जीवनी आजको यो पावन क्षण को अवसरमा यहाँ हरु समक्ष पस्कने अनुमति चाहन्छौ।
प्रिय धर्मानुरागी महानुभावहरु,
यस्ता ऐतिहासिक बिभुति श्री महाराज जी सौभाग्यवती जननी श्रीमती भगवती मैया का पुत्र रत्नका रुपमा सन १९२२को शरदपुर्णिमा मध्यरातमा दिव्यदि दिव्य भुमि भारत बर्षको मनगढ मा अवतिर्ण हुनू भ एको हो।यसै दिन प्रकट हुनुहुने मुर्तिमान भगवद स्वरुप श्री महाराजजी बाट नै बिश्वमा चलेका प्रमुख १२वटा धर्म र अन्य धर्म अनी ईलोक्टोन, प्लोटन , न्युटन को जगमा उभिएर उर्जा अर्थात ईनर्जी सम्मको बहुच बनाउन सफल बिज्ञान का अन्वेशक बैज्ञानिक हरुका मत र सिध्दान्त लाई समेत समन्वय गरी प्रतिपादित भक्ति प्राधान्य सिध्दान्त ूप्रेम रस ू बर्तमान मा विस्वका सबै भु भागका मानिसहरु बीच आध्यात्मिक प्रेरणाको श्रोत बन्न पुगेको छ भन्नेकुरामा कुनै दुईमत छैन। यस्ता ऐतिहासिक महापुरुष जस्ले समस्त जीव र मानिसहरुको कल्याण का लागि आफ्नो संपुर्ण जीवन ९१बर्षको उमेर सम्म खर्चिनुभयो उहां अर्थात श्री महाराजजी ले लगाएको ऋणबाट उऋण हुन त हामीसबैले ऊहाँद्वारा प्रतिपादित सिध्दांत अनुसार भगवदीय पथमा लामबद्ध हुन जरूरी छ र यहि नै तपाई हाम्रो आत्मकल्याणका लागि अकाट्य मार्ग पनि हो।यसरी युग सुहाउँदो सर्बधर्म समन्वयमा आधारित वैदिक सिद्धांत को प्रतिपादन गर्नुहुने जगदगुरु श्री कृपालुजी महाराज लाई ३४बर्षको कलिलो उमेरमा नै लगातार को शास्त्रार्थ दुई बर्षसम्म भारतका अलगर अलग स्थान चित्रकुट, कानपुर,र काँशीमा हज्जारौ प्रकान्ड बिद्वानहरुका साथ गरिदां समेत शास्त्रार्थ महारथी, सटशास्त्री हरु पछिपरेपछि काँशी बिद्वत परिषद ले उहाँ सामान्य मानिस नभ ई दिब्यज्ञानयुक्त भक्तिरसावतार पदबी सहित आजकै दिन मकरसंक्रान्ति मा जगदगुरूत्तम घोषणा गर्न बाध्य एको थियो। सबै समस्या हरुको समाधान भगवान को नाम गायनका साथ हुने मनोहारी रुपध्यान युक्त निष्काम साधना भक्ति बाट मात्र सम्भव छ भन्ने तत्वज्ञान अनि प्राक्टिकल साधना गराउनु हुने श्री महाराजजी नै यस्तो संत हुनुहुन्छ न उहाँको कुनै संप्रदाय छ, न उहाँद्वारा स्थापित बृहत अन्तराष्रटिय संस्था जगदगुरु कृपालु परिषद द्वारा बिश्वभरी हुने साधनायुक्त आध्यात्मिक गतिविधि मा ठुलो, सानो जातीय लिङ्गिय, देशिय, क्षेत्रिय र बर्गिय बिभाजन नै देखिन्छ।
आखिर भगवानका सन्तान जीवात्मा सबै एक हुन र यी सबै जीवात्मा लाई करूणा दया अनी कृपा वर् बस बर्षाउने भनेको परमात्मा श्रीकृष्ण की समेत आत्मा श्री श्री राधारानी हुनुहुन्छ भन्दै भक्तिको सर्बोच्च कक्षा महाभाव माधुर्य भक्ति श्री राधाकृष्ण को आराधना निष्काम भाव मा मनबाटै गर्नुपर्ने उपदेश दिनुहुने उहाँ बाटै यसपुर्ब स्पष्ट हुन नसकेको राधा तत्व समेत बर्तमान मा प्रष्फुटित भ एको तपाई हामी लाई सर्व विधितै छ नै।
प्रिय महानुभाव,
हाम्रो सनातन वैदिक धर्मको अधिष्ठाता मानिने वेद शास्त्रमा बाझिंएका मतलाई समेत सरलत्तम भाषामा समन्वयगरी संझाईदिनु हुने श्री कृपालुजी महाराज द्वारा प्रकटित ग्रन्थ का प्रत्वेक वाक्य स्वयमं मा वेदशास्त्र उभिएको तपाई हामी जो कोहिले पनि अनुभव गर्न सक्छौ। शरदपुर्णिमा रात जसलाई महाह्रास पर्बका रुपमा लिईन्छ त्यैरात श्री राम कृष्ण भक्तिका मुर्तिमान स्वरुप श्री राधाकृष्ण युगल अवतारम्य श्री महाराज जी को प्राकट्य भारत यु पी को प्रतापगढ जिल्ला स्थित कुन्डा नजिक मनगढ गाउँको एक उच्च ब्राम्हण परिवारमा भ एको त माथि नै उल्लेख गरिसकिएको छ। यस्ता ऐतिहासिक बिभुति श्री महाराजजी ले बाल्यकाल देखिनै भक्तिका अनेकौ भावमा लीला मन्चन गर्दै चित्रकुटको घना जंगल र ब्रज अर्थात बृन्दावन मथुराका लतन पतन गल्ली र कुन्ज निकुन्जमा भावावेष अबस्था मा रहनु भ एको थियो।
शोत्रिय ब्रम्हनिष्ठ सदगुरूदेवले अनिवार्य शिक्षाको उपक्रम पुरागर्नू पर्ने अवस्थाकै बीचमा १६बर्षकै उमेरमा बनारस बिश्वबिद्यालय बाट टपर हुदै स्नातकोत्तर आचार्य को उपाधि प्राप्त गर्नुभ एको थियो । जगदगुरु घोषणा पूर्व श्री कृपालु परमं हंस बाट परिचित ऊहाँले जगदगुरूत्तम पदबी प्राप्ति पछि पनि लामो समय अधिकारीजन का बीचमा रहेर मात्र साधना उपहार दिईरहनु भयो र सन १९८०को दशक पछि आफुद्वारा प्रतिपादित सिद्धान्त को र भगवन नाम महात्म्य को प्रचार गर्न दर्जनौ बिद्वान र बिदुषी प्रचारक प्रचारिका बिश्वका बिभिन् भागमा बिभिन्न भाषाका नियुक्ति गरी खटाए अनुसार अहिले नेपाल, भारत अमेरिका, बेलायत,ट्रिनिडा अष्टेलिया ,क्यानाडा, यूरोप लगायत बिश्वभरी श्री गुरूदेवद्वारा पित पहेलो बस्त्र अनि दिब्य ज्ञान प्राप्त प्रचारक प्रचारिका प्रचार प्रसारमा खटिनु भ एको छ नै।
प्रिय सदगुरुदेव अनुरागी सज्जन वृन्द,
माथि उल्लिखित सन्दर्भका अतिरिक्त अनगन्ति संकीर्तन रचना र तत्वज्ञान युक्त पुस्तक समेत सदगुरूका उपहार रहेका बर्तमान युगको मागलाई सम्बोधन गर्दै जगदगुरु कृपालु परिषद द्वारा आई टि मा आधारित गुरु ज्ञान प्रचार लाई समेत त्यत्तिकै अगाडि बढाईएकोछ। त्यतिमात्र होईन। कलिमलग्रस्त मायिक हामी बर्तमान पुष्ता लाई भगवान र भगवान का लीला साथै शास्त्रबारे बुझ्न सजिलो होस भनेर जगदगुरु श्री कृपालुजी महाराज कै अगुवाई मा आफ्नो जन्मस्थान मनगढ धाम। बृन्दावन र बरसाना धाममा सुबिधायुक्त साधना भवन आबास सहित हाईटेक मन्दिर निर्माण गरी संचालन मा आएका छन भने श्री भक्तिधाम मनगढ, श्री वृन्दावन धाम र श्री वरसाना धाम मा पहुँच विहिन गरिव जनता असहाय र साधु सन्त हरुका लागि उपचार गर्न सुविधा सम्पन्न अस्पताल निर्माण गरि निसुल्क उपचार सेवा सन्चालन गरिएवाट लाखौ लाख गरिव ले स्वास्थ्य लाभ लिएको प्रस्ट देखिन्छ। अझ त्यति मात्र हैन दर्शक श्रोता दान र जन सेवाका पर्याय जगद्गुरु श्री द्वारा वसाईएको प्रचलन अनुसार आज पनि ब्रजका हजारौ साधु सन्त र विधवा हरु लाई भोज आयोजना गरी उनिहरुलाई एकसाल भरी पुग्ने लत्ता कपडा र उपभोग्य सामग्री उपलव्ध गराउँदै आएको जगद्गुरु कृपालु परिषद ले श्री भक्ति धाम मनगढ क्षेत्र र ब्रजका सम्पूर्ण विद्यार्थी हरुलाई सालभरी को कपडा एवं पाठ्य सामग्री समेत निस्शुल्क रुपमा वितरण गर्दै आएको छ भने हजारौ को संख्याका गरिव मजदुर परिवार लाई निसुल्क खाद्य एवं उपभोग्य सामान समेत जगद्गुरु श्री कृपालु जी महाराज को नाम मा जगद्गुरु कृपालु परिषद ले उपलब्ध गराउँदै आएको छ।।
समआदरणीय तत्व जिज्ञासु धर्मानुरागी महानुभाव,
यस्ता करुणा दया एवं कृपाका सर्वोपरी जगद्गुरु श्री कृपालु जी महाराज यस्तो सन्त हुनुहुन्छ किस्जसले प्राप्त गरेको मुल्यवान जगद्गुरु आशन समेत भारत र चीनको सीमायुद्ध ताका सन १९८३मा युद्ध पीडितका नाममा दान दिनूभयो भने आफ्नै पैतृक सम्पत्ति र अन्य अरवौको आयश्रोत सबै आफू र परिवारका नाममा नराखी सबै जगद्गुरु कृपालु परिषद का नाममा हस्तान्तरण गरिदिनू भ ई संसारमा समेत एउटा आर्थिक पारदर्शिता को उपल्लो नमुना बनिदिनु भयो।
प्रिय पाठक बृन्द ,
नेपाल र नेपाली हरूप्रति अगाध प्रेम र स्नेह को कृपा वर्साउनू हुने एकमात्र शोत्रिय ब्रम्हनिष्ठ सदगुरुदेव ले नेपाल भ्रमणको समयमा बिस्सस्२०६५र०६६ मा पद्मा कोलनी सीतापाइला र त्यस अघि २०५५सालमा कमलपोखरी काठमाडौं मा रहनुहुँदा नेपाली हरुलाई बर्साएको भवदीय प्रेमको बर्षा ले श्री महाराज जी को दर्शन गर्ने सद गुरु प्रेमानुरागी जन अझै पनि गुरु ऋण वाट उऋण नभ एका होलान नै। स्वयमंमा भगवान् श्री राधाकृष्ण का अवतारम्य श्री महाराज जी कै दिव्य लीला स्थली को रुपमा रहेको सीतापाइला स्थित श्री पद्मा कोलनी मा निर्माणाधीन श्री राधाकृष्ण र सीताराम मन्दिर अनि गतसाल निर्माण आरम्भ गरिएको रामकोट को भब्य श्री राधाकृष्ण मन्दिर र हाल संन्चालन मा रहेका श्री गुरु कृपा भवन कमलपोखरी र श्री भक्ति दर्शन भवन समेत जगद्गुरु श्री कै सदिच्छा अनूसार बनेको र बन्ने क्रममा रहेका छन नै।
त्यत्तिमात्र हैन११ प्रियजन, स्
नेपालको पहिलो यो धार्मिक एवं आध्यात्मिक स्याटेलाइट च्यानल लाई समेत भक्ति दर्जन ईन्टरनेशनल टेलिभिजन नामाकरण गरिदिई भगवदीय भक्ति को सिद्धान्त जनर जन मा पुर्याउन प्रेरित गर्नुहुने जगद्गुरु श्री कृपालु जी महाराज ले तपाई हामी नेपाली लाई लगाएको यो अतुलनीय गुन अथवा ऋण वाट उऋण हुन अव कोही कसैले पनि पछि हटने अवस्था छैन। त्यसैले भगवान भन्दा पनि उच्च स्थान मा रहनू हुने शास्त्र हरुले परिभाषित गरिदिए अनुसारका एक मात्र सदगुरु स्श्री महाराज जी ले लगाएको ऋण वाट उऋण हुन उहाँ द्वारा प्रतिपादित सिध्दान्त अनुरुप भेद रहित र निस्काम भक्ति प्राप्तिको साधनामा लाग्न आज परेको जगदगुरूत्तम दिवस मकर संक्रान्ति ले तपाई हामी सबैलाई प्रेरित गरोस भन्ने प्राथना सदगुरु संगै गर्दै पुनस्श्री गुरु चरणमा प्रणाम नमन अर्पण गर्दै आचार्य श्री को अटल सौभाग्यका लागि शुभकामना रुपी नमन अर्पण गर्दछु।
जगदगुरूत्तम दिवस १४जनवरी को सजय जय जय।
जगदगुरूत्तम श्री कृपालु जी महाराज को जय जय जय।राधे राधे।



