खेलकुद

पीएसजी शीर्षस्थानमा उक्लियो

आइतबार, माघ ४, २०७७
एजेन्सी – एन्जर्समाथि १–० को कठिन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ ।

पीएसजीले एक खेल कम खेलेको लियोनलाई २ अंकले पछि पार्दै कम्तीमा एक दिनका लागि शीर्षस्थान ओगटेको हो । पीएसजीको २० खेलबाट ४२ अंक पुगेको छ । एक खेल कम खेलेको लियोनको ३८ अंक छ । पराजित एन्जर्स ३० अंक जोडेर सातौ स्थानमा छ ।

पीएसजीको जितमा लेभिन कुर्जावाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button