खेलकुद

लिभरकुसनसँग डर्टमुन्डको हार

बुधबार, माघ ७, २०७७
एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले बायर लिभरकुसनसँग हार बेहोरेको छ । डर्टमुन्ड घरेलु टोली लिभरकुसनसँग २–१ ले पराजित भएको हो ।

यो सिजन औसतको प्रदर्शन गरिरहेको डर्टमुन्डको बुन्डेसलिगामा यो छैटौं हार हो । लिभरकुसनले बुन्डेसलिगामा नवौं जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । बेएरिना लिभरकुसनमा मंगलबार राति भएके खेलमा घरेलु टोलीको जितमा मोउसा डियावी र फ्लोरियन रित्जले गोल गरे । जुलियन ब्रान्डको गोल सान्त्वना बन्यो ।

घरेलु टोलीले खेलको १४औं मिनेटमा मोउसा डियावीको गोलबाट अग्रता लिएको थियो । उनले लियोन बेइलीको पासलाई सदुपयोग गरेका थिए । ६७औं मिनेटमा जुलियन ब्रान्डले राफयल गुरेइरोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८०औं मिनेटमा फ्लोरियनले गोल गर्दै लिभरकुसनलाई २–१ को जित दिलाए ।

यस जितसँगै लिभरकुसन १७ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लिभरकुसन शीर्षस्थानको बायर्न म्युनिखसँग ४ अंकले पछि छ । एक खेल कम खेलेको शीर्षस्थानको बायर्नको ३६ अंक छ । पराजित डर्टमुन्ड २९ अंक जोडेर चौथो स्थानमा यथावत छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button