शुक्रबार, माघ ९, २०७७
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुल घरेलु मैदानमा बर्नलेसँग स्तब्ध बनेको छ ।
खेल सकिदा ७ मिनेट बाँकी रहँदा एस्ले बार्नेले पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुल बर्नलेसँग १–० ले स्तब्ध बनेको हो । यससँगै घरेलु मैदानमा लिभरपुल ६८ खेलपछि पराजित भएको छ ।
यो हारले लिभरपुलको उपाधियात्रा कमजोर बनेको छ । चौथो स्थानमा रहेको लिभरपुल शीर्षस्थानको म्यानचेस्टर युनाइटेडसँग ६ अंकले तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ४ अंकले पछि परिसकेको छ ।
लिभरपुलको १९ खेलबाट ३४ अंक छ । शीर्षस्थानको युनाइटेडको ४० तथा दोस्रो र तेस्रो स्थानमा रहेको सिटी र लेस्टरको समान ३८ अंक छ । यद्दपि सिटीको हातमा अझै एक खेल बाँकी छ ।
एनफिल्डमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले बर्नलेमाथि ७१ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा लिभरपुलले प्रिमियर लिगमा सिजनको तेस्रो हार बेहोर्न पुग्यो ।
खेलको १३औं मिनेटमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले एस्ले बार्नेसको प्रहारलाई बचाएका थिए । २४औं मिनेटमा साडियो माने र एलेक्स अक्सलेड चेम्वरलेनले प्रयास गरेपनि सफल हुन सकेन ।
३०औं मिनेटमा जद्रान शाकिरीको प्रहारलाई बर्नलेका गोलरक्षक पोपेले विफल पारे । ४४औं मिनेटमा डिभोक ओरिगीको प्रहार क्रसबारमा लाग्दा लिभरपुल अग्रता लिनबाट चुक्यो ।
५१औं मिनेटमा साडियो मानको पासमा एलेक्सान्डर अर्नाेल्डको प्रहारलाई बर्नलेका गोलरक्षक पोपे सहजै नियन्त्रणमा लिए । ६१औं मिनेटमा जर्जिन्हो वाइनाल्डमको पासमा साडियो मानेको प्रहारमा पोपेल नै बाधक बने ।
लगातार दवाव झेलेको बर्नलेले ८३औं मिनेटमा पेनाल्टी गोलमार्फत खेलमा अग्रता लियो । पेनाल्टी बक्समा बल अघि बढाएका एस्ले बार्नेसलाई सुरुवातमा फाविन्हो र त्यसपछि एलिसन बेकरले फ गरेपछि रेफ्रीले बर्नलेलाई पेनाल्टी प्रदान गरे । जसमा बार्नेस चुकेनन् ।hamrokhelkud/from



