
कमलप्रसाद मिश्र
नेपालीमा एउटा उखान छ मर्दा र पर्दा आफन्त र ईष्ट मित्र चाहिन्छ।तर, यो भनाई मेरा लागि लागु भएन।
मेरो जीवन मृत्युसंग लडाई गरिरहेको क्षण २०५८ सालको संकटकालमा साथी भाई ईष्ट मित्र मात्रै होईन एउटै लाम्टो चुसेका ले र एउटै थालमा खाएकाले पनि लात मारेकै हुन् ।
त्यतीबेला जब म संकटकाल मा जोगिन भारत जाँदा होस या दुर्घटना परी घाते अवस्था म जेल परेको समय नै किन नहोस कसैले साथ दिएनन्।
मेरी बुढी आमा लौरोको साहारामा झापा र सिलिगुडी गर्नुहुन्थ्यो ।म मृत्युसंग लडाई गरिरहेको त्यो क्षण मा।
उवेला जव म घरमा नबस्ने अवस्था आयो मंशिर १३गते घरबाट निष्कने बेलामा म ज्यान जोगाउन भारत पसेँ, २जना छोरी र सुत्केरी बुहारीलाई सहारा दिनुहोला भनेर गरामनी घरमा दाईलाई पत्र लेखेँ। बिर्तामोडको घरमा असुरक्षित महसुसगरी दुईछोरी बोकेर सहारा माग्नका मुलघर गएकी बुहारी लाई माओवादी समर्थकका लाला बाला पाले राखे सर्बस्व हुने ठानेर घरकाले बिर्तामोड नै रिफर गरेछन। जाडोको समय सेकताप पुगेन वारी स्पारी गर्नुपर्ने बाबू जेलमा बिचरा मेरी त्यतिवेला तीन महिना की बालिका निसु छोरी को शरिरमा अझै बाल्यकालको दुखको असर देखिन्छ भलै छोरीको पढाई भने अब्बल नै छ।
त्यतिमात्र कहाँ हो र झापाली पत्रकारहरू समेत त्यो बेला धेरे डराए। उनिहरूले मेरो लागि केही त गरे तर समयमा भ एन। समय बितिसकेको थियो। केही भ एपनि पछि गरेको पहलले काम काट्यो थोरै मात्रामा।
उता म जहाँ आश्रयलिएर बसेको स्थान सिक्किम मल्लीका शर्माजी हरु जो मेरा मामा ससुराली पर्थे बसिन्जेल राम्रै गरेपनि जब म दुर्घटना परे प्रहरी ले अष्पतालमै घेरा हाल्यो तब पन्छिन थाले म नेपालमा एउटा स्वतन्त्र पत्रकार को रूपमा थिएँ । तर ,आफ्नै आगन पोलेर कन्यादान गरेको भान्जी ज्वाँई लाई जोगाउनको सटा आफु जोगिन हो या कुन कुरामा रिस फेर्न हो ?भारतीय गुप्तचरलाई सालो मामा ससुराको छोरा डा के एन शर्माले नेपाली माओबादी अशोक शर्मा भन्ने गलत नाम टिपाएपछि दार्जेलिङ्गे तत्कालिन गोर्खा आन्दोलन का शीर्ष नेता सुभाष घिसिङ्ग लाई गोली हान्ने संग नाम मेरो मिल्न गएछ ।भारतीय प्रहरीललाई के खोच्छस काना आँखो जस्तै भयो।त्यसैले मलाई नेपाल र भारत दुवैतिरको आतंकवादी करारगरी मुध्दा चलाई छाड्यो। अझ सिक्किमका आफन्तले दुर्घटना भ एको गाडी पक्राउ पर्छ भनेर लुकाउदा मेरो उपचार खर्च त उठेन उठेन प्रहरीले मलाई दुर्घटना होईन गोली लागेर भागेको आरोप लगाउन पछि परेन।त्यही अनुरूप पछि मुध्दा सिलिगुडी कोर्टमा दर्ता पनि भयो फलत म लामो समय जेल बस्न बाध्यहुनु पर्यो।
म माथि आई लागेका यी यस्ता बिपत्तीमा त्यतीबेला त ज्ञान भ एन संसारकै आसमा तड्पिरहेँ जव म जगदगुरु श्री कृपालुजी महाराज को सत्संगमा प्रदेश गरे तव थाहाभयो संसारको नाता अनी प्रेम नाटक मात्र रहेछ। साचो नाता हरिसंग मात्र हुदोरहेछ। हरिकै कृपा ले मैले मृत्यु लाई जिते कालकोठरी यातना ग्रिहबाट छुटकारा पाए। धन्य श्री कृपालु भगवान धन्य मेरी आमा।
जग नाता धोखा है मनाू
साँचो नाता हरि से मना।
जेल यातना र संकटकाल को दुख क्रमश
(यो लेखकको नितान्त निजि जिवनको विचार हो)



