खबर

फाँसीदेवा विधानसभा क्षेत्रका भाजपा प्रार्थी दुर्गा मुर्मूले गरे रानीगञ्ज क्षेत्रमा चुनाउ प्रचार

अप्रील 3, 2021

खोरीबारी: फाँसीदेवा विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीका उम्मेद्वार दुर्गा मुर्मूले आज रानीगञ्ज पञ्चायत क्षेत्रका विभिन्न स्थानहरूमा भ्रमण गरेर मानिसहरूलाई मतदान गर्ने अपिल गरे। आज बिहान भाजपा उम्मेदवार दुर्गा मुर्मू रानीगञ्ज पुगेर सर्वप्रथम मन्दिरमा पूजा अर्चना गरे। यसपछि तिनले क्षेत्रको भ्रमण गर्दै स्थानीय मानिसहरूसित भेट गरेर तिनीहरूको समस्याहरू सुनेपछि यसको समाधान गरिदिने आश्वासन दिए। दुर्गा मुर्मूले बताए अनुसार क्षेत्रमा पेयजल, सड़क, स्वास्थ्य सहित धेरै समस्या रहेको बताए।

हालसम्म वाम, कङ्ग्रेस तथा टीएमसीका नेताहरूले जनतालाई केवल ठग्ने काम मात्र गरेको तिनले बताए। भाजपाको केन्द्र सरकारद्वारा चलाइ रहेको महत्वपूर्ण योजनाहरूलाई बंगालमा राज्य सरकारले रोकेर जनतालाई वञ्चित राख्ने कार्य गरिरहेको तर अब भाजपाको सरकार गठन भएपछि राज्यभरिमै चौतर्फी विकाश हुने तिनले बताए। यस अवसरमा उम्मेदवार दुर्गा मुर्मू सहित नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, मण्डल अध्यक्ष भोलानाथ सिद्धा,रानीगञ्ज बिन्नाबाड़ी मण्डलका कार्यकर्ताहरू उपस्थित थिए।

गोरामुमोको दार्जिलिङ वार्ड नम्बर 9 मा साङ्गठनिक सभा


अप्रील 3, 2021

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अन्तर्गत सदर 1 समष्टि वार्ड नम्बर 9 को साङ्गठनिक सभा गोरामुमो केन्द्रीय कार्यालय डा. जाकिर हुसेन रोड दार्जिलिङमा बस्यो। वार्ड अध्यक्ष अमर तामाङको सभापतित्वमा सम्पन्न सभामा वार्ड नम्बर 9 लाई बलियो बनाउन साथै विधानसभा चुनाउलाई मध्यनजर गर्दै वार्ड नम्बर 9 मा 2 वटा प्रशाखा गठन गर्ने सभाले प्रस्ताव पारित गर्योई। सभामा सुवास सुब्बालाई सर्वसम्मतिले 171 नम्बर प्रशाखाका सभापति चयन गरियो। यसैगरी, 172 नम्बर प्रशाखाको निम्ति दिपेन मुखियालाई चयन गर्दै प्रशाखाहरुमा 12/ 12 जनाको कार्यकारिणी सदस्यहरु चयन गरियो। नयाँ प्रतिनिधिहरुलाई बधाई दिँदै पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने निर्देश दिए।

अमर तामाङले भने, अध्यक्ष मन घिसिङको निर्णय अनि निर्देशन लाई शिरोपर गर्दै विधान सभा चुनाउमा भाजपा प्रार्थी निरज जिम्बालाई भारी मतले जिताउने सभाले पारित गरेका छौं। केन्द्र सरकारले नै हाम्रो मुद्दालाई पार लगाउने छ यसैकारण 17 अप्रेल 2021 को दिन जाति र माटोको उन्मुक्तिको निम्ति कमलको फुलमा आफ्नो बहुमुल्य भोट दिएर भाजपा उम्मेदवार निरज जिम्बालाई बिजयी बनाउने तिनले अपील गरे।
हिल तृणमूल कङ्ग्रेसले बिमल खेमाका प्रार्थीहरूलाई चुनाउमा सघाउने घोषणा


अप्रील 3, 2021

सिलगढी : आउँदो विधानसभा चुनाउमा पहाडको तीनवटा आसनमा हिल तृणमूल कङ्ग्रेसले गोजमुमो बिमल खेमालाई सघाउने लिइयो निर्णय। आज पत्रकार सम्मेलनको आयोजना गरेर हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला अध्यक्ष एलबी राई, एनबी खवास र कालेबुङ जिल्ला अध्यक्ष तथा सांसद शान्ता छेत्रीले उक्त घोषणा गरेका हुन्। तिनीहरूले बताएअनुसार बिमल गुरूङले विस्थापित भएर फर्किएर आउन साथ खुल्ला रूपमा तृणमूल कङ्ग्रेसलाई चुनाउमा समर्थन गर्ने घोषणा गरेका थिए भने सो घोषणा अनुसार तिनले उत्तर बंगालको विभिन्न ठाउँहरू लगायत पहाडमा तृणमूल प्रार्थीको पक्षमा चुनाउ प्रचार गरिरहेका छन्। यसैले गर्दा नै तिनलाई यसपल्टको विधानसभा चुनाउमा आफ्नो उम्मेद्वार पहाडको तीन आसनमा खडा नगरेकोले हिल तृणमूलको पक्षबाट बिमलका प्रार्थीहरूलाई सघाउने निर्णय लिएको शान्ता छेत्रीले बताइन्।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button