खबर

फिर्मिनो चम्कदा लिभरपुलको जित

साउन २६, २०७८

एजेन्सी – ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोको दुई गोल मद्दतमा इंग्लिस क्लब लिभरपुलले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब ओसासुनामाथि सहज जित हात पारेको छ ।

एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुलले ओसासुनालाई ३–१ ले पराजित गरेको हो । फिर्मिनोले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । ओसासुनाका किकेले एक गोल फर्काएका थिए ।

खेलको १४औ मिनेटमा जेसस एरेसोको आत्मघाती गोलबाट लिभरपुलले अग्रता लिएको थियो । २१औं मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा फिर्मिनोले व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लिभरपुल सहज जिततर्फ अघि बढेको थियो ।

७०औं मिनेटमा किकेले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले जित निकाल्न सफल भयो ।

अब लिभरपुलले १४ अगस्टमा नर्विच सिटीसँग खेल्दै नयाँ सिजनको प्रिमियर लिगको सुरुवात गर्नेछ । ओसासुनाले पनि १४ अगस्टमा इस्पान्योलसँग खेल्दै ला लिगाको सुरुवात गर्नेछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button