
२९ साउन २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । नक्कली प्रहरी बनेर स्थानीयलाई कुटपिट र ठगी गर्ने दुईजनालाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका वडा नं ७ का ४० वर्षीय विकाश उप्रेती र बिर्तामोड नगरपालिका वडा नं ३ का ३२ वर्षीय टिका खत्री छन् ।
उप्रेती र खत्रल्ेि आफूहरुलाई घुमुवा प्रहरी भन्दै स्थानीयसँग पैसा माग्ने र कुटपिट गर्ने गरेको पीडितहरुले बताए । उप्रेती र खत्रीले पछिल्लो पटक साउन बिर्तामोड नगरपालिका वडा नं ५ की नयनसरी राजवंशीबाट २० हजार रुपैयाँ असुलेका थिए । तेरो छोरो लागुऔषध बेच्छ र खान्छ, पैसा नदिए मुद्दा हाल्दिछौ भन्दै पछारपछर गरि पैसा लिएको राजवंशीले बताइन ।
राजवंशीले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरू उपर अभद्र व्यवहार कसुर अन्तरगत मुद्दा दायर गरेर अनुसन्धान अघि बढाइएको झापा प्रहरीले जनाएको छ।



