मूल खबर

नेपाल समूहकाे नयाँ पार्टी घोषणा गर्ने तयारी,पार्टीको नाम नेकपा एमाले समाजवादी

२ भाद्र २०७८
न्युज अफ नेपाल , काठमाडौं ।

एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ । नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको सम्भावित नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार गरेका छन्।

दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि नेपाल समूहले नयाँ पार्टी गठनको तयारी गरेको हो। नेपाल समूहको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी छ ।

यस्तै सम्भावित नामको सूचिमा नेकपा समाजवादी वा नेकपा एमाले (क्रान्तिकारी) पनि रहेको स्रोतले जानकारी दिएको छ। तर नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) हुने सम्भावना बढी रहेको छ। यस्तै सो पार्टीको चुनाव चिन्ह ताराभित्र हँसिया हथौडा वा कलश, दियो, पुस्तक राख्ने तयारी पनि सो समूहले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button