मूल खबरस्वास्थ्य

थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

४ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
ललितपुर।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५३० जनाको पीसीआर परीक्षणमा २ हजार ७९ र ७ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २४४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button