मूल खबर

झापाको दुर्गापुरमा झुन्डिएको अवस्थामा शिशुसहित दम्पतीको शव फेला

७ भदौ २०७८
चौतारी पोष्ट अनलाइन

मेचीनगर — झापाको कन्काई नगरपालिका १ दुर्गापुरमा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला परेको छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

प्रहरी नायब निरीक्षक जिम्बाले उनीहरु १० दिनअघि कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेश थापाले घरको भित्रबाट ताला लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको बताए । शिशुको घाँटीमा डोरी बाँधेको अवस्थामा शव भेटिएको डीएसपी थापाले बताए ।

घटनाको प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गरेको देखिएको जनाएको छ । ‘घटनाको थप अनुसन्धान भइरहेको छ,’ डीएसपी थापाले बताए।

रविन मान्छे विदेश पठाउने एजेण्ट थिए । कोरोना महामारीपछि उनको व्यवहार बिग्रिएको र त्यही पीडाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button