खेलकुद

सेभिया ला लिगाको शीर्षस्थानमा

भदौ ८, २०७८

एजेन्सी – सेभिया स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गेटाफेमाथि १–० को संघर्षपुर्ण जित दर्ता गर्दै सेभिया ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो ।

समान ६ अंक नै रहेपनि सेभियाले साविकको विजेता एट्लेटिको म्याड्रिडलाई गोल अन्तरमा पछि पारेको छ । रियल म्याड्रिड, बार्सिलोना, मलोर्का र भ्यालेन्सियालाई २ अंकले पछि पारेको छ । पराजित गेटाफेले अंकको खाता खोल्न सकेको छैन ।

कोलिसिउम अलफन्सो पेरेज स्टेडियम गेटाफेमा सेभियाको महत्वपुर्ण जितमा इरिक लमेलाले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गरेका थिए। उनी यसै समरमा इंग्लिस क्लब टोटेनहम हटस्परबाट सेभिया आएका हुन् । उनले ला लिगाको सुरुवाती दुई खेलमा लगातार गोल गर्दै आफ्नो गोलसंख्या ३पुर्‍याएको छ । उनले रायो भालेकानोविरुद्ध २ गोल गरेका थिए ।

सेभियाले घरेलु टोलीविरुद्ध बल पोसेसनमा पकड राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । दोस्रो हाफको शुरुमै सुसोको स्थानमा मैदान छिरेका लमेलाले गोल गर्दै सेभियालाई महत्वपुर्ण जितसहति ३ अंक दिलाए ।

ला लिगाकै अर्काे खेलमा ओसासुना र सेल्टा डि भिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । ओसासुना २ अंक जोडेर १४औं स्थानमा रहँदा १ अंक जोडेको सेल्टा १६औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button