खबर

यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकूको मृत्यु

१३ भाद्र २०७८
newsofnepal

यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूको मृत्यु भएको छ । घटनामा दर्जनौ अन्य घाइते भएका छन् ।

उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठह-याएको चिकित्सक तथा सरकार निकट उक्त लडाकू समूहले जानकारी गराएको छ ।“आक्रमणमा ३० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ५६ जना घाइते भएका छन्,” यमनी सशस्त्र लडाकू समूहका प्रवक्ता मोहम्मद अल–नाकिबले घटनाको पुष्टि गर्दै भन्नुभयो । उहाँले आक्रमणमा हुथीहरूको हात रहेको दावी गर्नुभएको छ ।

सैनिक चिकित्सकले घटना लगत्तै दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताएपनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझै बढ्नसक्ने उनीहरूले बताए ।हुथी समूहले यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button