मूल खबर

काँग्रेस महामन्त्रीमा विश्वप्रकाशको उम्मेद्वारी घोषणा

२४ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
काठमाडौ । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसको १४ औँ महधिवेशनका लागिमहामन्त्रीमा उम्मेद्वारी घोषणा गरेकाछन । बिपि कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपि संग्रालय समेत रहेको सुन्दरीजलबाट शर्माले महामन्त्री उठ्ने घोषणा गरेका हुन ।

नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका उनले केही समय प्रवक्ताको जिम्मेवारी नछोड्नेसमेत बताए । नेता शर्माले चुनाव प्रचारका क्रममा प्रवक्ताको जिम्मेवारीले असहज अवस्था हुने भए तत्काल प्रवक्ताको जिम्मेवारी पनि छोड्न सकिने संकेत भने उनले गरेकाछन।

नेपाली काँग्रेसकोदेउवा पक्षीय भनेर मानिएका शर्मा काँग्रेस भित्र प्रभावशाली नेताका रुपमा चिनिन्छन ।

यस अघि नै महामन्त्रीका लागि अर्का नेता गगन थापाले समेत उम्मेद्वारी घोषणा गरिसकेकाछन । काँग्रेस केन्द्रीय समितिमा दुई जना महामन्त्री हुने ब्यवस्था भएका कारण पनि देउवा इतर भनिने थापा र देउवा पक्षीय शर्मा महामन्त्री हुने चर्चा चलिरहेको छ । नेपाली काँग्रेस १४ औं महाधिवेशन नजिकिदैछ जाँदा केन्द्रीय नेताहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button